KATHMANDU DAINIK

क्रोएसियामा नेपाली दूतावासको घुम्ती शिविर सम्पन्न, ३०० नेपालीले लिए राहदानी सेवा

नेपाली दूतावास क्रोएसिया, राहदानी सेवा क्रोएसिया, घुम्ती शिविर जाग्रेब, बायोमेट्रिक सेवा नेपाली, NRNA क्रोएसिया, तामाङ समाज क्रोएसिया, नेपाली समुदाय यूरोप

साउन १९, २०८२।

जाग्रेब, क्रोएसिया – नेपाली दूतावास भियना, अष्ट्रियाको पूर्व निर्धारित सूचना अनुसार यही अगस्ट १, २ र ३ गते क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित तीन दिने मोबाइल घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा विशेष गरी Work Permit वा ID Card को म्याद सकिएको, रद्द भएको, राहदानी हराएको वा क्षति पुगेका कारण दूतावाससम्म पुग्न नसक्ने नेपालीहरूको सेवा उद्देश्यले आयोजना गरिएको थियो।

क्रोएसियाका विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ३०० नेपाली सेवाग्राहीहरूले बायोमेट्रिक प्रक्रिया पूरा गरी राहदानी नविकरणका लागि सेवा लिएका छन्। यो प्रकारको शिविर वर्षमा एक पटक मात्र सञ्चालन हुने विशेष सेवा हो।

शिविरमा नेपाली दूतावासका प्रथम सचिव श्री अनिल लम्सालको नेतृत्वमा दूतावासको टोली क्रोएसिया पुगेको थियो। यस सेवाको सफल व्यवस्थापन र समन्वयमा गैरआवासीय नेपाली संघ (NRNA) क्रोएसिया, तामाङ समाज क्रोएसियासहित अन्य नेपाली समाज संस्थाहरूले पनि उल्लेखनीय सहयोग गरेका छन्।

यस शिविर आयोजनामा योगदान पुर्‍याउने सबैप्रति तामाङ समाज क्रोएसिया परिवारले विशेष आभार व्यक्त गरेको छ।

दूतावासका प्रथम सचिव अनिल लम्साल, एनआरएनए क्रोएसियाका अध्यक्ष तथा तामाङ समाजका प्रमुख सल्लाहकार श्री साइमन लामा, तामाङ समाज क्रोएसियाका अध्यक्ष लगायत सम्पूर्ण टिम, पत्रकार, शुभेच्छुक तथा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो।

Exit mobile version