लमिन यामालले पाए “मेस्सी” को जर्सी बार्सिलोनाको जर्सी नम्बर १० पाएको छ ।
काठमाडौं, साउन ३- स्पेनिस क्लब एफसी बार्सिलोनाले आफ्नो भविष्यको महान् स्टारको रूपमा हेरिएको लमिन यामाललाई आधिकारिक रूपमा नम्बर १० जर्सी प्रदान गरेको छ। १८ वर्ष पूरा गरेको केही दिनपछि आयोजित कार्यक्रममा यामालले क्लबका पूर्व महान् खेलाडीहरू “लियोनल मेस्सी, रोनाल्डिन्हो र म्याराडोनाले” लगाएको ऐतिहासिक नम्बर १० सम्हालेका हुन्।
१७ वर्षको उमेरमा २०२४–२५ को सिजनमा १८ गोल र २५ असिस्टसहित बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र सुपर कोपा तीनै उपाधि जिताउन मुख्य भूमिका खेलेका यामाल क्लबको सबैभन्दा महत्वपूर्ण अनुहारका रूपमा उभिएका छन्। उनले रियल मड्रिडविरुद्धको दुईवटै फाइनलमा एक–एक गोल र असिस्ट गरे।
बार्साले यामालको नयाँ अनुबन्धमा €१ अर्ब बराबरको रिलीज क्लज राखेको छ, जसले उनलाई विश्व फुटबलकै सबैभन्दा बहुमूल्य युवा खेलाडीमध्ये एक बनाएको छ।
“मेस्सीले आफ्नो बाटो बनाए, म पनि बनाउनेछु । यामालको आत्मविश्वास, जर्सी सार्वजनिक समारोहमा आफ्नो हजुरआमासँग सहभागी भएका यामालले भने,मेस्सीले आफ्नो बाटो बनाए, म पनि मेरो बाटो बनाउनेछु। अहिले यो जर्सी अन्सु फातीबाट आएको हो। म यसलाई लगाएर सबै ‘कुलेस’ बार्साका समर्थकहरू लाई खुसी पार्ने कोशिस गर्नेछु।
यामालले अघिल्लो सिजनको सफलता मात्र होइन, आगामी सिजनमा आफूले ठूलो लक्ष्य राखेको बताएका छन्।
मेरो नयाँ सिजनका लक्ष्यहरू च्याम्पियन्स लिग जित्ने र विश्वकप जित्ने। अब यही नै मेरो लक्ष्य हो उनले आत्मविश्वासका साथ भने।
यामालको आँकडा: १०६ खेल, २५ गोल, ३४ असिस्ट:
आजसम्म उनले बार्सिलोनाका लागि १०६ खेल खेलिसकेका छन् जसमा २५ गोल र ३४ असिस्ट गरेका छन्। यो आँकडा अझ बढ्ने विश्वास क्लबले मात्र होइन, फुटबल विश्लेषकहरूले पनि राखेका छन्।
अन्सु फातीले मेस्सीपछिको नम्बर १० सम्हालेका थिए तर चोटपटक र प्रदर्शनको निरन्तरताको अभावका कारण उनलाई हाल एएस मोनाको पठाइएको छ। यसपछि खुलेको नम्बर १० यामालको हातमा पुगेको हो।
३ महान् खेलाडीबाट प्रेरणा लिँदै यामालले भने,म ती तीनैजना (मेस्सी, रोनाल्डिन्हो, म्याराडोना) बाट केही न केही लिन्छु। म क्लबको भरोसाका लागि आभारी छु र यो विरासतलाई निरन्तरता दिने प्रयास गर्नेछु।
बार्सिलोनाले सन् २०१५ यता च्याम्पियन्स लिग जितेको छैन। त्यतिबेला पनि नम्बर १० जर्सी मेस्सीकै थियो। अब यामालको काँधमा क्लबलाई फेरि युरोपको शिखरमा पुर्याउने जिम्मेवारी आएको छ।