KATHMANDU DAINIK

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा 

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

काठमाडौं दैनिक, असार १३, २०८२

नेकपा एमालेले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बुधबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उनीहरूको निलम्बन हटाउने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमार्फत पार्टी निर्णयको विरोध गरेपछि ६ महिनाका लागि निलम्बनमा परेका थिए। ।

उनीहरूले भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको आलोचना गरेका थिए। अब पार्टीले उनीहरूको निलम्बन फुकुवा गर्दै पुनः सक्रिय बनाएको छ।

यी नेतृहरूले भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोधमा सामाजिक सञ्जालमा स्टाटस लेखेपछि स्टाटस लेखेकै भरमा ६ महिनाका लागि निलम्बनमा परेका थिए।

बैठकले पार्टीको विधान महाधिवेशन साउन ५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ। त्यसको तयारीका लागि केन्द्रीय कमिटीको बैठक साउन ५ मा बोलाइएको उपमहासचिव ज्ञवालीले जानकारी दिएका छन्।

 

 

Exit mobile version