हर्क जस्तो छोरा जन्माउने आमालाई ‘कोखको सम्मान’ गर्ने

हर्क साम्पाङ आमा सम्मान,कोखको सम्मान 2082,धरान मेयर सम्मान,जसमाया राई सम्मान,हर्क साम्पाङ news ,Mailashobha Rai Aama Samman,पुरण राई सम्मान कार्यक्रम

हर्क साम्पाङ आमा सम्मान,कोखको सम्मान 2082,धरान मेयर सम्मान,जसमाया राई सम्मान,हर्क साम्पाङ news ,Mailashobha Rai Aama Samman,पुरण राई सम्मान कार्यक्रम

साउन २९, २०८२।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकी आमा जसमाया राईलाई ‘मैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।

श्रम संस्कृति र सुशासनको पक्षमा उल्लेखनीय योगदान दिएका मेयर साम्पाङलाई सुपुत्रको रूपमा समाजले पाएको भन्दै उनकी आमालाई ‘कोखको सम्मान’ स्वरूप नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिने भएको हो।

अनलाइन अभिलेख प्रालिले आफ्ना संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर उक्त सम्मानको घोषणा गरेको हो। कार्यक्रममा साहित्यकार डा. चमा थुलुङ (सुकराज राई) संयोजक रहेको छनोट समितिले निर्णय सार्वजनिक गरेको थियो। समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्यका रूपमा रहेका छन्।

संस्थापक डा. पुरण राईका अनुसार भाषा, साहित्य, कला, संस्कृति र राजनीति लगायतका क्षेत्रमा योगदान दिने व्यक्तित्वका आमालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।

धेरै क्षेत्रमा पुरस्कार दिइन्छ, तर आमाको नाममा भने कम छ। आमाको कोखबाट असल नागरिक जन्मिए भन्ने सन्देश दिने उद्देश्यले यो थालनी गरिएको हो, डा. राईले भने।

खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थायी घर भएकी जसमाया राई हाल धरानमा बस्दै आएकी छन्। सम्मान विशेष महिलाको जन्मदिन वा चाडपर्वको अवसरमा प्रदान गरिने प्रावधान रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।