KATHMANDU DAINIK

सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

सेयर खाता खोल्ने प्रक्रिया, राष्ट्रिय परिचय पत्र अनिवार्य, डिम्याट खाता खोल्ने, मेरो सेयर खाता, नेपाल धितोपत्र बोर्ड, सेबोन निर्णय, केवाइसी प्रक्रिया, सेयर बजार नेपाल, नाशिडी अनिवार्य, सेयर लगानीकर्ता सूचना, नयाँ सेयर नियम २०८२

काठमाडौं, साउन ८ – अबदेखि धितोपत्र बजारमा कारोबार गर्नको लागि सेयर खाता (डिम्याट तथा मेरो सेयर खाता) खोल्न चाहने व्यक्तिहरूले अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र (National ID) अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी वर्षदेखि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ को कार्ययोजनामा राष्ट्रिय परिचय पत्रलाई केवाइसी (Know Your Customer) प्रक्रिया अन्तर्गत अनिवार्य कागजातको रूपमा राख्ने व्यवस्था गरेको हो।

धितोपत्र बोर्डका अनुसार ‘सेयर बजारमा पारदर्शिता, सुरक्षित लगानी वातावरण र लगानीकर्ताको पहिचान सुनिश्चित गर्न’ राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाइँदैछ। यसले सेयर बजारमा दर्ता, कारोबार तथा लगानीकर्ताको तथ्यांक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने बोर्डको विश्वास छ।

हालसम्म नागरिकता प्रमाणपत्र, फोटोसहितको फाराम र हस्ताक्षरका आधारमा डिम्याट तथा मेरो सेयर खाता खोलिँदै आएको थियो। तर अब राष्ट्रिय परिचय पत्र नभई खाता खोल्न नपाइने व्यवस्था हुने बताइएको छ।

बोर्डका अनुसार पहिले खोलिएका खाताहरूका हकमा पनि भविष्यमा राष्ट्रिय परिचय पत्र लिंक गराउनुपर्नेछ। यसका लागि आगामी महिनाहरूमा चरणबद्ध रूपमा सूचनामार्फत आग्रह गरिनेछ।

हालसम्म देशभर ५५ लाखभन्दा बढी सेयर खाता खोलिएको जनाइएको छ। यस्ता खातामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि केवाइसी प्रक्रियामा एकरूपता आउनुका साथै अनधिकृत पहुँच तथा फर्जी कारोबारको जोखिम पनि कम हुने सेबोनको भनाइ छ।

धितोपत्र बोर्डका अनुसार, सम्बन्धित निकायहरूसँग सहकार्य गरी राष्ट्रिय परिचय पत्र प्रणालीलाई वित्तीय पहुँचका अन्य क्षेत्रसँग समेत जोड्ने दीर्घकालीन योजना पनि बनाइएको छ।

Exit mobile version