KATHMANDU DAINIK

सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाललाई १ स्वर्ण र १ रजत पदक

सेपाकताक्रो नेपाल, सेपाकताक्रो विश्व च्याम्पियनसिप २०२५, मिक्स क्वाड स्वर्ण, पुरुष रेगु रजत, नेपाली खेलाडी सफलता, रोशन तामाङ, नेपाल सेपाकताक्रो संघ, थाइल्यान्ड प्रतियोगिता, अन्तर्राष्ट्रिय खेलकुद

काठमाडौं, साउन ८ – नेपालले थाइल्यान्डमा सम्पन्न ३८औँ सेपाकताक्रो आईएसटीएफ विश्व च्याम्पियनसिपमा शानदार प्रदर्शन गर्दै १ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ।

नेपालले मिक्स क्वाड स्पर्धामा स्वर्ण पदक जित्दा, पुरुष रेगु स्पर्धामा रजत पदक हात पारेको हो।

नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङका अनुसार मिक्स क्वाड स्पर्धामा कप्तान रोशन तामाङ सहित सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपाली सम्मिलित टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो। यस स्पर्धामा चाइनिज ताइपेइ दोस्रो र बंगलादेश तेस्रो स्थानमा रहे।

पुरुष रेगु स्पर्धामा भने रोशन, पदम र राजनसँगै सुजन थिङ र सनम पुर्जा मगर सम्मिलित नेपाली टिमले उत्कृष्ट प्रतिस्पर्धा गर्दै फाइनल स्थानसम्म यात्रा गरेको थियो।
तर फाइनलमा चाइनिज ताइपेइसँग पराजित हुँदै नेपालले रजत पदकमा सन्तोष मान्नुपर्‍यो।

कम्पोज गरिएका टिमको समन्वय, फिटनेस र स्पर्धामा देखिएको आत्मविश्वासले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पुनः उचाइमा पुर्‍याएको सेपाकताक्रो संघले जनाएको छ।
नेपालले पछिल्ला वर्षहरूमा सेपाकताक्रोमा निरन्तर सुधार गर्दै आएको छ र यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अझै बलियो बनाउने विश्वास गरिएको छ।

 

Exit mobile version