सुस्मिता र भीमलाई वर्ष उत्कृष्ट “आइटिएफ” खेलाडीको सम्मान

सुस्मिता तामाङ, भीमबहादुर तामाङ, आइटिएफ तेक्वान्दो, वर्ष उत्कृष्ट खेलाडी 2081, नेपाल तेक्वान्दो महासंघ, किशोर श्रेष्ठ, राजमन्दिर श्रेष्ठ, आकाशचन्द्र घर्ती, राखेप, गुल्मी तेक्वान्दो, गण्डकी प्रदेश खेलकुद

साउन २२, २०८२।

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २८औं वार्षिकोत्सवको अवसरमा २०८१ सालका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्दै सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मान गरेको छ।

महासंघले आयोजित विशेष कार्यक्रममा महिला वर्गमा सुस्मिता र पुरुष वर्गमा भीमलाई नगदसहित अवार्ड प्रदान गरिएको हो। २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भीमले ३ स्वर्ण जितेका थिए भने सुस्मिताले २ स्वर्ण पदक हात पारेकी थिइन्।

कार्यक्रममा प्रशिक्षक आकाशचन्द्र घर्ती मगरलाई ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ घोषित गरिएको थियो। प्रदेश संघतर्फ गण्डकी प्रदेश र जिल्ला संघतर्फ गुल्मी जिल्ला उत्कृष्ट घोषित भएका छन्।

सुस्मिता तामाङ, भीमबहादुर तामाङ, आइटिएफ तेक्वान्दो, वर्ष उत्कृष्ट खेलाडी 2081, नेपाल तेक्वान्दो महासंघ, किशोर श्रेष्ठ, राजमन्दिर श्रेष्ठ, आकाशचन्द्र घर्ती, राखेप, गुल्मी तेक्वान्दो, गण्डकी प्रदेश खेलकुद

भारतको सिलिगुडीमा गत अगस्ट १९ देखि २६ तारिखसम्म आयोजित १०औं एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत पदक विजेता चन्द्रबहादुर तामाङलाई पनि सम्मान गरिएको छ।

समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य अञ्जन धमला, आइटिएफ अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

महासंघले वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा खाना खुवाउने र रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।