सिटी होटलका २१ लाख बढी सेयर आजदेखि लिलामीमा

सिटी होटल, हकप्रद सेयर, लिलामी, प्रभु क्यापिटल, शेयर बजार नेपाल, अर्थ समाचार, सिटी होटल लिलामी २०८२, शेयर मार्केट अपडेट, अर्थ संसार, Right Share Auction Nepal

कार्तिक २३, २०८२।   राज नेपाली

सिटी होटल, हकप्रद सेयर, लिलामी, प्रभु क्यापिटल, शेयर बजार नेपाल, अर्थ समाचार, सिटी होटल लिलामी २०८२, शेयर मार्केट अपडेट, अर्थ संसार, Right Share Auction Nepal

काठमाडौं – सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले यसअघि बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर आजदेखि सर्वसाधारण लगानीकर्तामाझ लिलामीमार्फत बिक्री खुला गरेको हो।

यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर रहेका छन्। संस्थापक र कर्मचारी समूहका सेयरमा लक–इन अवधि २०८३ जेठ ४ गतेसम्म रहनेछ।

लिलामीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ र लगानीकर्ताले यसभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले प्राथमिकताका आधारमा सेयर पाउनेछन्।

लिलामीमा सहभागी हुनका लागि कम्तीमा १०० कित्ताको आवेदन अनिवार्य गरिएको छ। आवेदन दिने अन्तिम मिति कात्तिक ३० गतेसम्म तोकिएको छ।

काठमाडौंका लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आवेदन दिन सक्नेछन् भने काठमाडौं बाहिरका लगानीकर्ताले प्रभु बैंकका बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि सिटी होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर थियो। नेपाल धितोपत्र बोर्डले यस वर्ष साउन ४ गते उक्त निष्कासनको अनुमति दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।