
साफ यू–२० महिला च्याम्पियनसिपमा पुर्णिमा र मिनाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको ८-० गोलको वर्ष ।
काठमाडौं, साउन ३ – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले शानदार प्रदर्शन गर्दै भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक, कुसुम खतिवडाको एक गोल र एक आत्मघाती गोलको सहयोगमा नेपालले प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो जित दर्ता गर्यो।
नेपालले पहिलो हाफमै ६-० को सशक्त अग्रता बनाएको थियो। दोस्रो हाफमा थप दुई गोल गर्दै ८-० को ऐतिहासिक जित हात पार्यो। यस जितसँगै नेपालले प्रतियोगिताको पाँच खेलमा १२ अंक जोडेको छ।
खेलको संक्षिप्त विवरण:
१ औं मिनेटमा मीनाले पहिलो गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्।
९ औं मिनेटमा समिक्षाको प्रहार क्रसबार लागेर फर्किँदै गोलकिपरको शरीरमा लागेर गोल भएपछि २-०।
१२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्।
२३ औं मिनेटमा मीनाको पासमा पूर्णिमाले गोल गर्दै स्कोर ४-० बनाइन्।
इन्जुरी समयमा सरिताको फ्रिकिकमा पूर्णिमाले हेडमार्फत गोल गरी अग्रता ५-०।इन्जुरीको अन्तिम मिनेटमै पूर्णिमाले ह्याट्रिक पूरा गर्दै स्कोर ६-०।
६३ औं मिनेटमा कुसुम खतिवडाले गोल गरिन्।
६४ औं मिनेटमा मीनाले ह्याट्रिक पुरा गर्दै नेपाललाई ८-० को जित दिलाइन्।
नेपालले अबसम्म ५ खेलमा १२ अंक बटुलेको छ। यस्तै बंगलादेशले पनि ४ खेलमा १२ अंक नै बनाइसकेको छ। यी दुई टिमबीचको अन्तिम खेल सोमबार हुनेछ, जुन प्रतियोगिताको निर्णायक खेल बन्नेछ।
डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा चार टोली सहभागी छन्। अन्तिममा सर्वाधिक अंक बटुल्ने टोलीले उपाधि जित्नेछ।
नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा ७-० को जित हात पारेको थियो।
नेपालको लागि सबैभन्दा ठूलो परीक्षा अब बंगलादेशसँगको अन्तिम खेल हुनेछ। प्रतियोगिता जित्न नेपाललाई त्यही खेलमा स्पष्ट जित निकाल्नुपर्नेछ। यस प्रतियोगितामा बंगलादेश पनि बलियो टिम भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।