सञ्चारमन्त्री जगदीश खरेल स्वदेश फर्कियो

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

कात्तिक ३०, २०८२।   काठमाडौं दैनिक संवाददाता

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका छन्।

मन्त्री खरेल कात्तिक २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरिया प्रस्थान गरेका थिए। कोरियाको विज्ञान तथा आईसीटी (MSIT) मन्त्रालय र नेशनल इनफर्मेसन सोसाइटी एजन्सी (NIA) को संयुक्त आयोजनामा फोरम सिओलमा सम्पन्न भएको थियो।

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

मन्त्री खरेलले नेपालले एआई नीति तयार पारी राष्ट्रीय एआई केन्द्र सञ्चालनमा ल्याएको तथा एआई काउन्सिल गठन प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा फोरमले महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गरेको बताए। स्मार्ट सिटी मोडेल आदिबारे सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

दक्षिण कोरियामा रहँदा मन्त्री खरेलले सिओल एआई फाउन्डेसन द्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ को अवलोकन गरेका थिए। साथै उनले सिओलस्थित नेपाली दूतावास पनि भ्रमण गरेका थिए।

यसैक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग मन्त्री खरेलको अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।