KATHMANDU DAINIK

श्रीलंकालाई ७-० ले हराउँदै साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालको विजय

नेपाल महिला फुटबल, साफ यु-२० महिला च्याम्पियनसिप 2025, नेपाल बनाम श्रीलंका फुटबल, समिक्षा मगर गोल, नेपाल यु-२० महिला टिम, नेपाल फुटबल नतिजा, नेपाली खेलाडी प्रदर्शन, नेपाल बनाम भुटान खेल, श्रीलंका फुटबल हार, महिला साफ फुटबल प्रतियोगिता

काठमाडौ, श्रावन १- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले हराएको छ। यो नेपालको लगातार दोस्रो जित हो र चार खेलमा तेस्रो जितका साथ नेपालले ९ अंक बनाएको छ।

नेपालको लागि समिक्षा मगरले दुई गोल गरे, जबकि पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक गोल गरे। श्रीलंकाले एक आत्मघाती गोल पनि गर्‍यो।

खेलको १६ औं मिनेटमा नेपालले अग्रता बनायो। मिना देउवाको क्रस श्रीलंककी रश्मी करागेलाई लागेर क्रसबारमा लागेर फर्कियो। फर्किएको बललाई पुर्णिमाले हेडर गरे, तर त्यसपछि पोष्टमा लागेर फर्कियो। रिबाउन्डमा पुर्णिमाले गोल गरिन्।

३५ औं मिनेटमा नेपालले अग्रता दोब्बर गर्यो। कुसुमले एज नजिकैबाट हानेको प्रहार सही दिशा लिएको थियो। ४३ औं मिनेटमा सरिताले हानेको फ्रि-किकलाई श्रीलंकाकी गोलकीपरले जज गर्न नसक्दा दुई पटक बाउन्स हुँदै गोलमा परिणत भयो।

४५ औं मिनेटमा कुसुमको प्रहार श्रीलंकाकी गगनी सेलापेरूमागेलाई डिफलेक्ट गर्दै गोलमा परिणत भयो। पहिलो हाफमा नेपालले ४-० को अग्रता बनायो।

६७ औं मिनेटमा नेपालले पाँचौं गोल गर्यो। श्रीलंकाकी दुलीनी अराचिलेगीले नेपालकी सुशीला केसीलाई बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सब्स्टिच्युट बिर्सना चौधरीले गोल गरिन्।

त्यसपछि ५ मिनेटभित्र समिक्षा मगरले दुई गोल गरे। ७४ औं मिनेटमा सरिताको प्रहार क्रसबारमा लागेर फर्किएपछि समिक्षाले रिबाउन्डमा गोल गरिन्। लगतै ७८ औं मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गरिन्। नेपालले ७-० को अग्रता बनायो।

खेलको ९० औं मिनेटमा प्राप्त पेनाल्टीमा सुशीला केसीको प्रहारलाई श्रीलंकाकी गोलकीपरले बचाइन्। अब नेपालले शनिबार भुटानसँग खेल्नेछ।

पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३-२ गोल अन्तरले हारेको थियो। तेस्रो खेलमा भने श्रीलंकालाई ७-० ले नै हराएको थियो।

Exit mobile version