रवीन्द्र ढाँटको सफलता: एमएफएन बान्टमवेट च्याम्पियन पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स च्याम्पियन रविन्द्र

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स

साउन १९, २०८२।

बझाङ – नेपालका रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्स (एमएमए) को प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका छन्।

भारतमा आयोजित प्रतिस्पर्धामा उनले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमै पराजित गर्दै च्याम्पियन बनेका हुन्। रवीन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स
रवीन्द्र ढाँट

‘दि इन्डियन राइनो’ को उपनामले परिचित कोरेनको पाँच जितको शृंखलामा पूर्णविराम लगाउँदै रवीन्द्रले आफ्नो प्रोफेसनल रेकर्ड ८–१ मा पुर्याएका छन्। कोरेनले खेलको सुरुवातमै दबाब सिर्जना गर्ने प्रयास गरे पनि ढाँटको संयम, कुशल रणनीति र शक्तिशाली फाइटिङ शैली अगाडि उनी टिक्न सकेनन्।

तेस्रो राउन्डमा रवीन्द्रले प्रहार बढाएपछि कोरेन संकटमा परे। रेफ्रीले अवस्था खतरनाक देखी फाइट रोक्दै रवीन्द्रलाई टेक्निकल नक्कआउट (T.K.O) द्वारा विजेता घोषित गरे। रेस्लिङमा सशक्त र एमएमएको आक्रामक खेलाडीको रूपमा चिनिँदै आएका रवीन्द्रका लागि यो उपाधि नेपाली एमएमएको इतिहासमै कोसेढुंगा सावित भएको छ।

रवीन्द्र ढाँट

खेलपछि रवीन्द्रले पिजरमाथि नेपाली झन्डा फहराउँदै आफ्नो देशलाई समर्पण गरेका थिए। खेल हेर्न आएका दर्शक र आयोजकबीच उत्साह र स्याबासीको लहर चल्यो। सामाजिक सञ्जालमा उनका समर्थकहरूले बधाईको वर्षा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, गायिका रचना रिमाललगायत थुप्रै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत उनको प्रशंसा गरेका छन्। बझाङको बित्थडचिर गाउँपालिकाबाट सुरु भएको रवीन्द्रको यात्राले अन्तर्राष्ट्रिय जगतमा पुगेर सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।