रवि लामिछानेले ‘नमागिएको धरौटी’सहित थुनामुक्ति माग्दै अदालतमा निवेदन

रवि लामिछाने, सहकारी ठगी, थुनामुक्ति, बैंक ग्यारेन्टी, रूपन्देही जिल्ला अदालत, राष्ट्रिय स्वतन्त्र पार्टी, सूप्रीम सहकारी, पुर्पक्ष थुना, उच्च अदालत तुल्सीपुर, बिगोबराबर धरौटी, नेपाल राजनीति समाचार, हस्ताक्षर अभियान, दीपक बोहरा, सर्वोच्च अदालत, सहकारी घोटाला

साउन २३, २०८२।

काठमाडौं – रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले ‘आफ्नो भागमा पर्न सक्ने’ धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाउँदै थुनामुक्त गराउन निवेदन दिएका छन्।

सूप्रीम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २२ जनामाथि ५५ करोड ५९ लाख रुपैयाँ सामूहिक बिगो माग गरिएको छ। उक्त रकम भाग लगाउँदा आफ्नो हिस्सामा पर्ने करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टीसहित उनले दफा ६८ र ७१ अन्तर्गत रिहाइको माग गरेका हुन्।

 रवि लामिछाने, सहकारी ठगी, थुनामुक्ति, बैंक ग्यारेन्टी, रूपन्देही जिल्ला अदालत, राष्ट्रिय स्वतन्त्र पार्टी, सूप्रीम सहकारी, पुर्पक्ष थुना, उच्च अदालत तुल्सीपुर, बिगोबराबर धरौटी, नेपाल राजनीति समाचार, हस्ताक्षर अभियान, दीपक बोहरा, सर्वोच्च अदालत, सहकारी घोटाला

यसअघि माघ १३ गते रूपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिएर छोड्न आदेश दिए पनि चैत २२ गते उच्च अदालत तुल्सीपुरले उक्त आदेश उल्ट्याउँदै पुनः थुनामा पठाएको थियो। सर्वोच्च अदालतले पनि जेठ ९ गते उच्च अदालतको आदेश सदर गरेपछि लामिछानेको थुनामुक्तिको बाटो बन्द भएको मानिएको थियो।

अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछानेको नयाँ निवेदनमा कारबाही अघि बढाइएको छ र छिट्टै पेसी तोकिनेछ। लामिछानेका कानुन व्यवसायीको स्वास्थ्य समस्या हुँदा अघिल्लो सुनुवाइ स्थगित भएको थियो।

 रवि लामिछाने, सहकारी ठगी, थुनामुक्ति, बैंक ग्यारेन्टी, रूपन्देही जिल्ला अदालत, राष्ट्रिय स्वतन्त्र पार्टी, सूप्रीम सहकारी, पुर्पक्ष थुना, उच्च अदालत तुल्सीपुर, बिगोबराबर धरौटी, नेपाल राजनीति समाचार, हस्ताक्षर अभियान, दीपक बोहरा, सर्वोच्च अदालत, सहकारी घोटाला

कानुनी प्रावधानअनुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तले बिगोबराबरको धरौटी राखेर तारेखमा छोड्ने सुविधा पाउने व्यवस्था छ। तर गम्भीर प्रकृतिका कसुर वा भाग्ने सम्भावना देखिएको अवस्थामा अदालतले यस्तो सुविधा नदिने प्रावधान पनि छ।

रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै असार ७ गतेदेखि देश–विदेशमा हस्ताक्षर सङ्कलन अभियान चलाइरहेको छ।

रवि लामिछाने, सहकारी ठगी, थुनामुक्ति, बैंक ग्यारेन्टी, रूपन्देही जिल्ला अदालत, राष्ट्रिय स्वतन्त्र पार्टी, सूप्रीम सहकारी, पुर्पक्ष थुना, उच्च अदालत तुल्सीपुर, बिगोबराबर धरौटी, नेपाल राजनीति समाचार, हस्ताक्षर अभियान, दीपक बोहरा, सर्वोच्च अदालत, सहकारी घोटाला
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि रास्वपाको हस्ताक्षर अभियानमा सहभागिता जनाएका छन्

अभियान संयोजक दीपक बोहराका अनुसार हालसम्म ३२ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेका छन्, जसमा कतिपय राजनीतिक दलका नेता, कलाकार र नागरिक समाजका प्रतिनिधिहरूको पनि समर्थन रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।