रवि लामिछानेको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा जाने पत्नी निकिता पौडेलको धम्की

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

साउन २८, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दा उच्च अदालतमा विचाराधीन भइरहेका बेला उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखक र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै कडा भाषामा पत्र लेखेकी छिन्। उनले पत्रमार्फत श्रीमानलाई न्याय दिलाउन माग गर्दै न्यायालयमा भइरहेका अस्वाभाविक गतिविधि र राजनीतिक हस्तक्षेपको खुलासा गरेकी छिन्।

निकिताले आरोप लगाएकी छन् कि अदालतको आदेश आएपछि समेत गृहमन्त्रीको निर्देशनमा कार्यान्वयन रोकिन्छ, न्यायिक परिषद्मा उजुरी हालिन्छ र उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीकै कार्यकक्षमा तयार हुन्छ। उनका अनुसार, मुद्दाको पेशी चढ्ने दिन नै न्यायाधीशलाई धम्क्याउने उद्देश्यले उजुरी र मिडिया ट्रायल गरिन्छ।

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

पत्रमा उनले प्रधान न्यायाधीशलाई प्रश्न गर्दै लेखेकी छन्, अब म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अपिल जाउँ कि नजाउँ? सरकारी पक्ष नाजवाफ भए पनि फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन।

निकिताले न्यायालयको वर्तमान संरचना, न्यायाधीशहरूको सरुवा–बढुवा प्रणाली र राजनीतिक दबाबको आलोचना गर्दै दुई तिहाइको सरकारले विपक्षी नेतामाथि गरिरहेको अन्यायको अन्त्य गर्न आग्रह गरेकी छन्। उनले अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा लैजाने चेतावनी दिँदै, “न्याय नपाएसम्म म लडिरहन्छु,” भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।