यू–२० राष्ट्रिय टोलीकी स्टार फरवार्ड पूर्णिमा राई संकटाबाट महिला लिग खेल्ने

पूर्णिमा राई, संकटा क्लब, महिला लिग, नेपाली महिला फुटबल, यू–२० टिम, साफ च्याम्पियनसिप, एन्फा छनोट, नेपाल खेलकुद, महिला खेलाडी सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुर्णिमा राई

पूर्णिमा राई, संकटा क्लब, महिला लिग, नेपाली महिला फुटबल, यू–२० टिम, साफ च्याम्पियनसिप, एन्फा छनोट, नेपाल खेलकुद, महिला खेलाडी

साउन १९, २०८२।

काठमाडौं – यू–२० महिला राष्ट्रिय फुटबल टोलीकी चम्किलो नाम पूर्णिमा राई संकटा क्लबबाट महिला लिग छनोट खेल्ने भएकी छन्। पछिल्लो समयको उत्कृष्ट प्रदर्शनपछि चर्चामा रहेकी पूर्णिमा अब क्लब तहमा पनि आफ्नो कला र क्षमता देखाउन तयार छिन्।

पूर्णिमा राईसँग संकटा क्लबको सम्झौता महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा सम्पन्न भएको हो। क्लबका अनुसार, पूर्णिमाको आगमनले टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको छ।

पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला लिगमा भाग लिएकी थिइन्। उनको करियरले उचाइ गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपबाट पायो, जहाँ उनी सर्वाधिक गोलकर्ता बन्न सफल भइन्। त्यस प्रतियोगितामा उनको निर्णायक प्रदर्शनले नेपाललाई उपविजेता स्थानसम्म पुर्‍याएको थियो।

हाल उनी नेपाली यू–२० टोलीसँगै भुटानमा एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा भाग लिन गएकी छन्। त्यहाँ उनले पुनः नेपाली टोलीको फरवार्ड लाइन सशक्त बनाउने अपेक्षा गरिएको छ।

संकटा क्लबले एन्फा महिला लिग छनोटमा बलियो टिम निर्माण गर्ने लक्ष्य राखेको छ। पूर्णिमाजस्ता राष्ट्रियस्तरकी खेलाडीलाई टोलीमा समावेश गर्नु क्लबको दीर्घकालीन सोच र रणनीतिक योजना भएको क्लब स्रोतले जानकारी दिएको छ।

क्लबका महासचिव बस्नेतले भने, पूर्णिमाजस्ता खेलाडी हाम्रो टोलीमा आउनुले हामीलाई प्रतिस्पर्धामा मात्र नभई महिला फुटबलको विकासमा पनि सहयोग पुग्नेछ।

मोरङकी १९ वर्षीया पूर्णिमा राई नेपाली महिला फुटबलको उदीयमान ताराका रूपमा देखिइरहेकी छिन्। उनको तीव्र गतिको दौड, बल नियन्त्रण र फिनिशिङ क्षमताले उनीलाई फरक बनाएको छ। साफ च्याम्पियनसिपमा उनको गोल गर्ने क्षमताले धेरै फुटबल विश्लेषकहरूलाई प्रभावित बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।