KATHMANDU DAINIK

युएई सरकारद्वारा १२० जना नेपालीलाई आममाफी, नेपाली दूतावासको प्रेस विज्ञप्ति

नेपाली आममाफी, अबुधाबी दूतावास, यूएई जेल नेपाली, ईद अल-अधाह, नेपाली रिहाइ, यूएई सरकार, नेपाली कारागार आममाफी

युएई सरकारद्वारा युएईको विभिन्न जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको छ ।

अबुधाबी, असार ३२— इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अधाहको अवसर पारेर संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कारागारमा थुनामा रहेका १२० जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

यूएई सरकारको यस निर्णयप्रति नेपाली राजदूतावास, अबुधाबीले प्रेस विज्ञप्ति जारी गर्दै हार्दिक आभार व्यक्त गरेको छ।

नेपाली राजदूतावासका अनुसार, यूएईको विभिन्न जेलहरूमा रहेका नेपालीहरूलाई दूतावासको पहलमा र धार्मिक पर्वको अवसरमा स्वदेश फर्कन पाउने गरी रिहा गरिएको हो।

राजदूतावासले यूएई सरकारको यो मानवीय निर्णयले नेपाली समुदायप्रति देखाएको सद्भावको प्रतिबिम्ब भएको जनाएको छ।

दूतावासले आगामी दिनमा पनि नेपाली कामदारहरूको हित र सुरक्षाका लागि यस्तै प्रकारका प्रयासहरू निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Exit mobile version