मधेश युनाइटेडको नयाँ लोगो: भलिबल र जानकी मन्दिर

मधेश युनाइटेड, महिला भलिबल लिग, नयाँ लोगो, जानकी मन्दिर, निरुता ठगुन्ना, कोपिला उप्रेती, नीति शाह, भलिबल खेलाडी, मधेश संस्कृति, महिला सशक्तिकरण मधेश युनाइटेडको नयाँ लोगो
मधेश युनाइटेड, महिला भलिबल लिग, नयाँ लोगो, जानकी मन्दिर, निरुता ठगुन्ना, कोपिला उप्रेती, नीति शाह, भलिबल खेलाडी, मधेश संस्कृति, महिला सशक्तिकरण
मधेश युनाइटेडको नयाँ लोगो

साउन २२, २०८२।

काठमाडौं – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि सहभागी हुँदै गरेको मधेश युनाइटेड टोलीले नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लोगोमा खेलकुद, मधेशको संस्कृति र धार्मिक पहिचानलाई जोड दिइएको छ।

हरियो रङमा आधारित लोगोको केन्द्रमा भलिबलको आकृति राखिएको छ, जसले टोलीको खेल भावना र प्रतिस्पर्धालाई प्रतिनिधित्व गर्छ। भलिबलको वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रता दर्शाउँछन्। माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको चित्र राखिएको छ जसले मधेशको धार्मिक र सांस्कृतिक सम्पदालाई झल्काउँछ।

मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ,यो लोगो खेलकुद र संस्कृति दुबैलाई समेटेर महिलाको पहिचान, शक्ति र समर्पणलाई प्रतिबिम्बित गर्छ।

टोलीमा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा रहको छ। अन्य खेलाडीमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा बिष्ट, बबिता बोहोरा र बसन्ती साउद छन्। प्रशिक्षकको भूमिकामा कोपिला उप्रेती जिम्मेवारीमा छन् भने नीति शाह टोलीकी ब्रान्ड एम्बेसडर रहेका छन्।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण यस भदौ महिनामा हुने तय भएको छ। खेलाडी अक्सन समेत सम्पन्न भइसकेको आयोजकले जनाएको छ। मधेश युनाइटेडले महिला भलिबलमा मधेशको पहिचान र महिला सशक्तिकरणलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।