मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

मधेश प्रदेश प्रमुख, सुमित्रा सुवेदी, मन्त्रिपरिषद् निर्णय, प्रदेश प्रमुख पदमुक्त, मुख्यमन्त्री नियुक्ति विवाद, नेपाली राजनीति, मधेश सरकार, संविधान १६८(३)

कार्तिक २४, २०८२।   प्रयास लामा

मधेश प्रदेश प्रमुख, सुमित्रा सुवेदी, मन्त्रिपरिषद् निर्णय, प्रदेश प्रमुख पदमुक्त, मुख्यमन्त्री नियुक्ति विवाद, नेपाली राजनीति, मधेश सरकार, संविधान १६८(३)

जनकपुरधाम – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले काठमाडौं दैनिकलाई जानकारी दिए।

गत शनिबार मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सुवेदीले संविधानको धारा १६८(३) बमोजिम एमालेका सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलमा बिहान ४ बजे मुख्यमन्त्रीको रूपमा नियुक्त गरी शपथ गराएकी थिइन्।

तर उक्त कदम संविधान विपरीत रहेको भन्दै उनी विवादमा तानिएकी थिइन्। विपक्षी दलहरूले सुवेदीको कदमलाई “राजनीतिक हस्तक्षेप र संवैधानिक मर्यादाको उल्लङ्घन” भन्दै आलोचना गरेका थिए।

स्रोतका अनुसार, मन्त्रिपरिषद्को निर्णयपछि सुवेदीलाई हटाएर नयाँ प्रदेश प्रमुखको नियुक्ति गर्न तयारी गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले चाँडै नयाँ प्रमुखको नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका भन्छन्, घटनाले संघीय संरचनामा केन्द्र र प्रदेशबीचको संवैधानिक सन्तुलनबारे नयाँ बहस उत्पन्न गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।