मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध उग्र : प्रदेश प्रमुखको निर्णयपछि टायर बाल्दै प्रदर्शन

मधेश प्रदेश, मुख्यमन्त्री नियुक्ति विवाद, सरोज यादव, एमाले, मधेश भवन प्रदर्शन, प्रदेश प्रमुख सुमित्रा सुवेदी, राजनीतिक संकट, टायर बाल्ने आन्दोलन, प्रदेश राजनीति, नेपालको राजनीति समाचार

कार्तिक २४, २०८२।   उपसना पौडेल

मधेश प्रदेश, मुख्यमन्त्री नियुक्ति विवाद, सरोज यादव, एमाले, मधेश भवन प्रदर्शन, प्रदेश प्रमुख सुमित्रा सुवेदी, राजनीतिक संकट, टायर बाल्ने आन्दोलन, प्रदेश राजनीति, नेपालको राजनीति समाचार

जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरूले तीव्र विरोध गरेका छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८(३) बमोजिम एमाले दलका यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनी अस्वस्थ रहेको कारण देखाउँदै बिहानै निवासबाट बाहिरिएकी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा यादवलाई गुप्त रूपमा शपथ ग्रहण गराएकी थिइन्।

यस कदमलाई असंवैधानिक र अनैतिक भन्दै विपक्षी दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, संघीय समाजवादी लगायतका नेताहरूले मधेश भवन अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा टायर बाल्दै मुख्यमन्त्री नियुक्तिको विरोधमा नारा लगाएका छन्।

स्रोतका अनुसार नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनतर्फ आउने जानकारी पाएपछि विरोधमा रहेका कार्यकर्ताहरूले भवन अगाडि अवरोध सिर्जना गरेका थिए। प्रदर्शनका क्रममा केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ।

यसअघि लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थितिमा २२ कात्तिकमा राजीनामा दिएका थिए। त्यसपछि एमाले प्रदेश प्रमुखले १६८(३) अनुसारको प्रावधान प्रयोग गर्दै नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

तर एमालेभित्र पनि नियुक्ति प्रक्रिया र पार्टीभित्रको छलफलविना गरिएको निर्णयबारे असन्तुष्टि देखिएको छ। प्रदेश सभामा बहुमत सुनिश्चित नभएका बेला यस्तो निर्णयले राजनीतिक संकट अझ गहिरिने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।