मधेशकी मन्त्री बिच्छालाई राप्रपाबाट निलम्बनको सिफारिस

rajendra lingden

कार्तिक २७, २०८२।   प्रयास लामा

rajendra lingden

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छामाथि पार्टीले कडा कारबाहीको सिफारिस गरेको छ। पार्टीको अनुशासन समितिले उनलाई सांसद पद र साधारण सदस्यता दुवै नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।

यसअघि पार्टीले बिच्छालाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। उनले पार्टीको निर्देशन विपरीत सरकारमा सामेल भएको भन्दै समितिले यस्तो सिफारिस गरेको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए। तर उनले पार्टीको निर्णयलाई बेवास्ता गर्दै मन्त्री पद स्वीकारेकी थिइन्। समितिको मूल्यांकनमा उनले पार्टीको नीति, सिद्धान्त र हित विपरीत गैरजिम्मेवारपूर्वक र अनुशासनहीन कार्य गरेकी ठहर गर्दै कार्वाहीको सिफारिस गरेको जनाइएको छ।

कञ्चन बिच्छा केही दिनअघि मधेश प्रदेशमा मन्त्री नियुक्त भएकी थिइन्। पार्टीभित्र यो कदमलाई “एकल र स्वार्थपरक निर्णय” भन्दै तीव्र आलोचना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।