अख्तियारबाट निर्दोष ठहरिएकै विषयमा स्पष्ट पार्दै सुदन किरातीको बयान: भ्रष्टाचार देशको शत्रु हो।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम र बदनाम गराउने प्रयासप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै स्पष्टिकरण दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को छानबिनबाट आफू निर्दोष सावित भइसकेको भन्दै उनले आफूमाथि गरिएको आरोपको श्रृङ्खलाबारे केही महत्वपूर्ण प्रश्न समेत सार्वजनिक गरेका छन्।
किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित एक विवादास्पद विषयको चर्चा सुरु हुनासाथ आफूले तत्कालीन मन्त्रालयमा निवेदन दिएर छानबिनको औपचारिक माग गरिसकेको उल्लेख गरेका छन्। उनले भने पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ।
पूर्वमन्त्री किरातीले आफूविरुद्ध फैलाइएका प्रचारप्रति गम्भीर रूपमा प्रतिक्रिया दिँदै केहि प्रश्नहरू उठाएका छन्, जसले उनीमाथिको अनुसन्धान प्रक्रिया, नियमनिक धाराहरू र कानुनी अवस्थालाई प्रस्ट पार्दछ ।
किरातीले पशुपतिस्थानको सम्वन्धमा विवाद उठ्नेबित्तिकै उनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हैसियतले औपचारिक रूपमा छानबिन माग गर्दै निवेदन दर्ता गराएका थिए। यसले उनी छानबिनमा स्पष्ट र पारदर्शी बन्न चाहन्थे भन्ने देखाउँछ।
उनले यो पनि औंल्याएका छन् कि नेपालको कानूनअनुसार कुनै पनि नागरिकले अख्तियारमा उजुरी दिन सक्ने कानुनी अधिकार राख्दछ। उजुरी आएको छ भनेर आरोप प्रमाणीत हुन्छ भन्ने होइन भन्ने कुरामा पनि उनले जोड दिएका छन्। उनले भने सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ?
किरातीले भने अनुसार उजुरी पर्नु स्वयं आपराधिक प्रमाण होइन बरु अनुसन्धान प्रक्रिया आरम्भ गर्ने आधार हो। उनले उदाहरण दिँदै भने उजुरी वडा अध्यक्षदेखि पूर्व प्रधानमन्त्री सम्म लाखौं मान्छेलाई लागेको छ यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया हो।
किरातीले एक कडा चेतावनी दिदै भनेका छन् कि यदि कसैले अख्तियार वा कानुनी प्रक्रियाको दुरुपयोग गरी निर्दोष मानिसमाथि झुटो आरोप लगाउने प्रयास गर्छ भने कानुनी रुपमा उसले सजाय पाउनुपर्छ।
उनको शब्दमा भ्रष्टाचार देशको शत्रु हो। म स्पष्ट छु, अर्को जुनीको मलाई विश्वास छैन। भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सधैं रहिरहनेछु।
सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताहरूले बिना प्रमाण र ठोस आधार किरातीमाथि आरोप लगाउँदै आएको देखिन्छ। यस्ता प्रवृत्तिप्रति उनले भनेका छन् मेरो फोटो टाँसेर बदनाम गर्न खोज्नेहरूप्रति मलाई दया लाग्छ ।
सुदन किरातीको यो स्पष्ट वक्तव्य र सार्वजनिक प्रश्नोत्तरसँगै अख्तियार अनुसन्धानको औपचारिक निष्कर्षबाट निर्दोष सावित भइसकेको व्यक्ति विरुद्ध निरन्तर आरोप लगाउनु गलत अभ्यास हो भन्ने कुरा प्रष्ट भएको छ।
उनले उठाइएका प्रश्नहले कानुनी प्रक्रियाप्रतिको सम्मान, पारदर्शिता, र सत्यको पक्षमा अडान रहेको स्पष्ट पर्छ। यद्यपि सोही सन्दर्भमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र कानुनी संस्थाहरूको निष्पक्षता पनि अबको प्रमुख चुनौती बन्ने देखिन्छ
भ्रष्टाचार आरोपप्रति किरातीको पुरानो भनाइ पारदर्शिता मेरो पहिलो प्राथमिकता हो। भ्रष्टाचार देशको शत्रु हो ।