भारतमा ३३४ राजनीतिक दलको मान्यता खारेज, ४७६ दलमाथि समीक्षा प्रक्रिया सुरु

भारत राजनीतिक दल खारेज, निर्वाचन आयोग भारत, राजनीतिक दल मान्यता खारेज, भारत निर्वाचन समीक्षा, निष्क्रिय दल हटाउने कदम, भारत निर्वाचन प्रणाली पारदर्शी, चुनाव आयोग राजनीतिक दल, भारत निर्वाचन समाचार

भारत राजनीतिक दल खारेज, निर्वाचन आयोग भारत, राजनीतिक दल मान्यता खारेज, भारत निर्वाचन समीक्षा, निष्क्रिय दल हटाउने कदम, भारत निर्वाचन प्रणाली पारदर्शी, चुनाव आयोग राजनीतिक दल, भारत निर्वाचन समाचार

साउन २८, २०८२।

काठमाडौँ – भारतको निर्वाचन आयोगले (Election Commission of India – ECI) हालै  ३३४ राजनीतिक दलहरूको मान्यता खारेज गरेको छ। थप ४७६ दलमाथि समीक्षा प्रक्रिया पनि सुरु गरिएको छ।

निर्वाचन आयोगले यो कदम विगत छ वर्षसम्म कुनै लोकसभा वा विधानसभा चुनावमा भाग नलिएको दलहरूको निष्क्रियता र दुरुपयोग रोक्नका लागि उठाएको हो। जनप्रतिनिधित्व ऐन, १९५१ को धारा २९ अनुसार राजनीतिक दलले कम्तीमा छ वर्षमा एकपटक चुनावमा सहभागी हुनुपर्ने अनिवार्यता छ।

तर आयोगले पत्ता लगाएका यी दलले चुनाव चिन्ह, कर छुट लगायतका सुविधाहरू उपभोग गर्दै आइरहेका भए पनि सक्रिय रूपमा राजनीतिक गतिविधिमा संलग्न नभएको देखिएको छ।

निर्वाचन आयोगले ९ अगस्ट २०२५ मा ती ३३४ दललाई आफ्नो सूचीबाट हटाइदिएपछि भारतमा मान्यता नपाएका राजनीतिक दलहरूको संख्या अहिले दुई हजार ५२० पुगेको छ।

आयोगका अनुसार यो कदम निर्वाचन प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने प्रयासको हिस्सा हो जसले दलहरूको दुरुपयोगलाई रोक्न मद्दत पुर्‍याउनेछ। आयोगले यस्ता दलहरूको निष्क्रियता र सम्भावित दुरुपयोगलाई ध्यानमा राखेर यो अभियान सञ्चालन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भारत रूस भेटवार्ता, पुटिन जयशंकर भेट, भारतीय विदेशमन्त्री रूस, भारत रूस सम्बन्ध, भारत रूस व्यापार, भारत रूस ऊर्जा सम्झौता, रूस भारत कूटनीति, पुटिन भेट भारतीय विदेशमन्त्री, जयशंकर मास्को भ्रमण, भारत रूस रणनीतिक साझेदारी

भदौ ७, २०८२।

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।

यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण  सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।