KATHMANDU DAINIK

पार्टीको एजेण्डा जनताको घरदैलोमा पुर्‍याउन उपेन्द्र यादवको निर्देशन

जसपा नेपाल, उपेन्द्र यादव, जनताको घरदैलो, पार्टी नीति, आगामी निर्वाचन, संगठन सुदृढीकरण
Meta Description: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति र एजेण्डा

काठमाडौं, साउन ११ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विचार, नीति तथा जनहितका मुद्दाहरू जनताको घरदैलोमा पुर्‍याउन निर्देशन दिएका छन्।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको जसपाको केन्द्रीय विभाग र जनवर्गीय संगठन प्रमुखहरूको संयुक्त बैठकमा अध्यक्ष यादवले अहिलेको अन्यौलपूर्ण राजनीतिक परिवेशमा जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्नु पार्टीका लागि अत्यावश्यक रहेको धारणा राखे।

उनले जसपाले उठाउँदै आएका मुद्दाहरू अझै पनि जनसाधारणमा स्पष्ट रूपमा पुर्‍याउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, प्रशिक्षण कार्यक्रम र आगामी निर्वाचनका तयारीमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरे।

अब विश्राम वा चुप लाग्ने समय छैन। सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्छ, अध्यक्ष यादवको भनाइ थियो।

बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, जनसंपर्क विस्तार, चुनावी तयारी, कार्यक्षमता अभिवृद्धि, तथा जनवर्गीय संगठनहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको पार्टीद्वारा जनाइएको छ।

अध्यक्ष यादवले निर्वाचनमा सफलता प्राप्त गर्न जनतासँगको सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड दिँदै नेतृत्व विकास र सांगठनिक सक्रियतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

साथै पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणलाई सरल भाषामा जनतासमक्ष पुर्‍याउने रणनीतिमा समेत कार्यकर्ताहरूले संलग्न हुनुपर्ने उनले स्पष्ट पारे। जसपाले यस प्रकारका बैठकहरूलाई निरन्तरता दिँदै पार्टीभित्रको एकता, जागरूकता र निर्वाचन तयारीलाई तीव्र बनाउने लक्ष्य लिएको छ।

Exit mobile version