नेपाल एयरलाइन्सको बिग्रिएको ट्विनअटर मर्मत सम्पन्न, आन्तरिक उडान पुनः सुरु

नेपाल एयरलाइन्स, ट्विनअटर, विमान मर्मत, आन्तरिक उडान, जनकराज कालाखेती, युवराज अधिकारी, दुर्गम क्षेत्र, नेपाल विमान सेवा

कार्तिक २६, २०८२।   राज नेपाली

नेपाल एयरलाइन्स, ट्विनअटर, विमान मर्मत, आन्तरिक उडान, जनकराज कालाखेती, युवराज अधिकारी, दुर्गम क्षेत्र, नेपाल विमान सेवा

काठमाडौँ – नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

यो ट्विनअटर जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिक जाँचका कारण ग्राउन्डेड अवस्थामा थियो। तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजलाई मर्मतका लागि रोकेका थिए।

निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको निर्देशनमा आवश्यक मर्मत कार्य सोमबार सम्पन्न भएसँगै बुधबार परीक्षण उडान सफलतापूर्वक गरिएको निगमका निर्देशकहरूले जनाएका छन्। सफल परीक्षणपछि नेपाल एयरलाइन्सले मंगलबारदेखि आफ्ना दुवै ट्विनअटर जहाजमार्फत आन्तरिक व्यावसायिक उडान पुनः सुरु गरेको हो।

निगमका अनुसार दुवै ट्विनअटर सञ्चालनमा आएसँगै विशेषगरी पूर्वी भेगका दुर्गम क्षेत्रमा आवागमन गर्ने यात्रुहरूलाई सहजता हुने विश्वास व्यक्त गरिएको छ।

नेपाल एयरलाइन्सले अहिले देशका पहाडी र हिमाली भेगका विभिन्न विमानस्थलमा नियमित रूपमा उडान सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।