काठमाडौं, साउन ११ – आगामी अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगिताका लागि नेपाल महिला फुटबल टोलीको अन्तिम टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेतृत्वमा रहेको टोलीमा यसपटक एक खेलाडी परिवर्तन गरिएको छ।
झुमा विकको स्थानमा सजिना स्याङ्तानलाई समावेश गरिएको छ। उनी यसअघिको साफ यू-२० च्याम्पियनसिप टोलीमा थिइनन्। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ डीपीआर कोरिया (उत्तर कोरिया), साउदी अरेबिया र आयोजक भुटानसहित चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।
गोलकिपर:
लिला जोशी,करुण बुढाथोकी,सुजाता तामाङडिफेन्डर:
सरिता कुमारी नाथ,माया मास्के,सेमिहाङ्मा लिम्बु पन्धाक,सिम्रन राई,सजिना स्याङ्तान,गंगा रोकाया,अनिशा राई,सीता रोकाया,मिडफिल्डर:
कविता गुरुङ,सुसिला केसी,अस्मिता गुरुङ,बिर्सना चौधरी(कप्तान)
सेनु परियारफर्वार्ड:
कुसुम खतिवडा,सुक्रिया मिया,मनिषा सेन,वर्षा ओली,पूर्णिमा राई,मीना देउवा,समीक्ष्या मगर रहेको छन् ।
नेपालले भर्खरै सम्पन्न भएको साफ यू-२० च्याम्पियनसिपमा सहभागी टोलीबाटै अधिकांश खेलाडीलाई निरन्तरता दिएको छ। एएफसी यू-२० महिला एसियन कप छनोट प्रतिस्पर्धा नेपालको लागि भविष्यको महिला फुटबल संरचनालाई मजबुत बनाउने अवसरको रूपमा हेरिएको छ।
यस प्रतियोगितामा समूह चरणको विजेता मात्र दोस्रो चरणमा पुग्नेछ जसले २०२६ को एएफसी महिला यू-२० च्याम्पियनसिपमा स्थान बनाउने सम्भावना पाउनेछ।