KATHMANDU DAINIK

नेपालमै विद्युतीय गाडी (ईभी) को कारखाना खोल्नुपर्छ : सचिव शर्मा

Ev dagi nepal. https://kathmandudainik.com/wp-content/uploads/2025/07/zeekr-pr-image_FAHam9IFx6.png

काठमाडौँ, साउन ४- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडी (ईभी) नेपालमै उत्पादन गर्ने बेला आएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने,
नेपालमा ईभीको प्रयोग बढ्दो छ। अब हामी आफैंले उत्पादन गर्नुपर्ने हो।

उनले नेपालमै कारखाना खोल्दा गाडी सस्तो हुने, व्यवस्थापन सहज हुने र आयातमा खर्च हुने रकम बचत हुने तर्क राखे।
शर्माले नेपालमा वर्षेनी ठूलो रकम पेट्रोलियम इन्धनको आयातमा खर्च हुने बताउँदै भने विद्युतीय यातायातले इन्धन आयात घटाएर विद्युतीय ऊर्जाको सदुपयोग गर्ने राम्रो अवसर प्रदान गर्छ।

उनले विद्युतको उपलब्धता, पूर्वाधार विकास र नीति सहजीकरणका माध्यमबाट ईभी उद्योगलाई सघाउने वातावरण निर्माण गर्नुपर्ने बताए।

शर्माले ईभी उद्योगलाई लगानीमैत्री नीति, कर छुट र प्राविधिक पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार सरकार अब विद्युतीय यातायातलाई दिर्घकालीन समाधानको रूपमा हेर्न तयार रहेको बताइएको छ।

ईभी उद्योग स्थापना गर्दा रोजगारी सिर्जना, मूल्य नियन्त्रण र वातावरणमैत्री यातायातको विकास सम्भव हुने बताए

Exit mobile version