नेपालको लगातार दोस्रो जित: सोमपाल कामीको ५ विकेट

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News मेलबर्न रेनेगेट्सको विकेट लिएपछि नेपालका सोमपाल कामी साथीसँग खुसी साट्दै ।
नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News
मेलबर्न रेनेगेट्सको विकेट लिएपछि नेपालका सोमपाल कामी साथीसँग खुसी साट्दै ।

भदौ ५, २०८२।

काठमाडौं – नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बुधबार काजालिस एरिनामा भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्‍यो।

यसअघि नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो।

सोमपाल कामीको घातक बलिङ

नेपालका तेज बलर सोमपाल कामी खेलको नायक बने। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट लिए। उनको शानदार प्रदर्शनपछि रेनेगेड्सको टिम २० ओभरमै १०६ रनमा अलआउट भयो।

सहायक बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिन सफल भए भने रूपेश सिंह, दीपेन्द्र सिंह ऐरी र शाहब आलमले समान १–१ विकेट हात पारे।

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News
सोमपाल कामी

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको लक्ष्य बनाएको थियो।

कुशल मल्ल : २९ रन

कप्तान दीपेन्द्र सिंह ऐरी : २७ रन

लोकेश बम : २४ रन

भीम सार्की : १७ रन

सुरुवाती तीन खेलमा लगातार पराजित भएको नेपाल अहिले भने दुई खेल लगातार जित्दै ५ खेलबाट ४ अंक जोड्न सफल भएको छ। यस जितसँगै नेपाल प्रतियोगितामा पुनः लयमा फर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।