नेदरल्याण्ड्सकी रोमी मधेश युनाइटेडबाट खेल्ने

रोमी भिनस्ट्रा, मधेश युनाइटेड, विदेशी खेलाडी, महिला भलिबल लिग नेपाल, EWVL, सुडोसा डेस्टो, नेदरल्याण्ड्स भलिबल, नेपाल स्पोर्ट्स न्यूज, नेपाल महिला भलिबल, Volleyball Nepal, Nepali Volleyball News, Romy Veenstra Nepal

रोमी भिनस्ट्रा, मधेश युनाइटेड, विदेशी खेलाडी, महिला भलिबल लिग नेपाल, EWVL, सुडोसा डेस्टो, नेदरल्याण्ड्स भलिबल, नेपाल स्पोर्ट्स न्यूज, नेपाल महिला भलिबल, Volleyball Nepal, Nepali Volleyball News, Romy Veenstra Nepal

भदौ ४, २०८२।

काठमाडौं – नेपालमा दोस्रो संस्करणको “वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL)” सुरु हुन लाग्दै गर्दा मधेश युनाइटेडले नेदरल्याण्ड्सकी भलिबल खेलाडी रोमी भिनस्ट्रालाई टोलीमा भित्र्याएको छ। उनी क्लबको इतिहासमा पहिलो विदेशी खेलाडी बनेकी छन्।

भिनस्ट्रा सन् २०२१ देखि नेदरल्याण्ड्सको टप डिभिजन क्लब सुडोसा-डेस्टोबाट खेल्दै आएकी हुन् र त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्स यु-१९ राष्ट्रिय च्याम्पियनसिप समेत जितेकी छिन्।

मधेश युनाइटेडका अनुसार उनको आगमनले टोलीको आक्रमण र डिफेन्स दुबै पक्ष सशक्त हुनेछ। शक्तिशाली स्म्याश र स्थिर प्रदर्शन उनका बलिया पक्ष हुन्।

भिनस्ट्राले नेपालमा खेल्न पाउनु गर्वको विषय भएको बताउँदै नेपालको नाम धेरै सुनेकी थिएँ। यहाँको खेल संस्कृति र सौहार्दता अनुभव गर्न पाउँदा निकै उत्साहित छु उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।