नयाँ सरकार प्रमुख बनाउन राष्ट्रपति पौडेलको मध्यरातसम्म छलफल

राष्ट्रपति पौडेल, नयाँ सरकार प्रमुख, सुशीला कार्की प्रधानमन्त्री, शीतल निवास छलफल, संसद् विघटन विवाद, जेन–जी आन्दोलन, बालेन शाह समर्थन, अन्तरिम सरकार नेपाल

राष्ट्रपति पौडेल, नयाँ सरकार प्रमुख, सुशीला कार्की प्रधानमन्त्री, शीतल निवास छलफल, संसद् विघटन विवाद, जेन–जी आन्दोलन, बालेन शाह समर्थन, अन्तरिम सरकार नेपाल

भदौ २७, २०८२।

काठमाडौं – जारी राजनीतिक संकटको निकास खोज्न राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा मध्यरातसम्म सक्रिय बनेका छन्। नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा उनले सभामुख देवराज घिमिरे, संविधानविद्हरू र प्रमुख दलका नेताहरूसँग निरन्तर परामर्श गरेका छन्।

स्रोतका अनुसार सभामुखमार्फत राष्ट्रपति पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही नेताहरूसँग सन्देश पठाएका छन्। लामो समय सरकार विहीनताको अवस्थाले मुलुकलाई अस्थिर बनाउन सक्ने भन्दै सबैसँग सहमति खोजिएको बताइएको छ।

यसबीचमा जेन–जी आन्दोलनरत समूहले ‘भर्चुअल’ मतदानमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको उम्मेदवार अघि सारेको छ। यो प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन गरेका छन्। तर उनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारी नियुक्ति खारेज हुनुपर्ने सर्त पनि अघि सारेका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षहरूसँग दिनभर छलफल गरी त्यसको जानकारी राष्ट्रपतिलाई गराएका छन्। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय सहमति नजिक पुगे पनि संसद् विघटनको विषय भने अझै विवादमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।