दक्षिण कोरिया पुगेका सञ्चारमन्त्री खरेल भन्छन् : फागुन २१ गते निर्वाचनको वातावरण बनिसक्यो

Jagdish Kharel, सञ्चार मन्त्री, निर्वाचन वातावरण, दक्षिण कोरिया भ्रमण, नेपाल पत्रकार महासङ्घ, सुरक्षा, सरकार, राजनीतिक दल, डिजिटल रूपान्तरण, एआई, राष्ट्रिय एआई केन्द्र, विदेशमा रहेका नेपाली, मतदान व्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, नवप्रवर्द्धन

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

Jagdish Kharel, सञ्चार मन्त्री, निर्वाचन वातावरण, दक्षिण कोरिया भ्रमण, नेपाल पत्रकार महासङ्घ, सुरक्षा, सरकार, राजनीतिक दल, डिजिटल रूपान्तरण, एआई, राष्ट्रिय एआई केन्द्र, विदेशमा रहेका नेपाली, मतदान व्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, नवप्रवर्द्धन

काठमाडौं – दक्षिण कोरियामा औपचारिक भ्रमणमा रहेका सञ्चारमन्त्री जगदीश खरेलले नेपालमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

दक्षिण कोरियामा रहेका नेपालीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते तोकिएको निर्वाचन “निर्धारित मितिमै, भयरहित वातावरणमा” सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार, सुरक्षा निकाय र राजनीतिक दलहरुबीच सहकार्यमा निर्वाचनको सहज वातावरण बन्दै गएको बताएको हो ।

मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य लक्ष्य सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्द्धन रहेको बताए।

खरेलले भने, यो सरकारले नराम्रो गर्ने छुट छैन। पाँच महिनामा केही ठोस थितिहरू बसालिन्छ।

खरेलले एआई, डिजिटल ट्रान्सफर्मेसन र प्रविधि क्षेत्र नेपालको दिगो भविष्य भएको उल्लेख गर्दै कोरियासँग प्राविधिक ज्ञान, सीप र नीति समन्वयमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाए। नेपालले स्थापना गरेको राष्ट्रिय एआई केन्द्रका लागि कोरियाको सहयोग अपेक्षित रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।