त्रिभुवन विमानस्थलमा भन्सार घेरा तोडेर चुरोटको तस्करी

त्रिभुवन विमानस्थलमा भन्सार छलेर जहाजसम्म पुर्‍याइएको विदेशी चुरोट बरामद। २६ कार्टुन विदेशी र ६ कार्टुन नेपाली चुरोट

त्रिभुवन विमानस्थलमा भन्सार छलेर जहाजसम्म पुर्‍याइएको विदेशी चुरोट बरामद। २६ कार्टुन विदेशी र ६ कार्टुन नेपाली चुरोट

साउन १९, २०८२।

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सुरक्षा प्रक्रियालाई छलेर ठूलो परिमाणमा विदेशी चुरोट विदेशी गन्तव्यतर्फ पठाउने प्रयास असफल पारिएको छ। कतार जान लागिरहेको जहाजमा लोड हुन लागेको बेला विमानस्थल भन्सारले विदेशी २६ र स्वदेशी ६ गरी ३२ कार्टुन चुरोट बरामद गरेको हो।

भन्सारका अनुसार एक्स–रे मेसिनमार्फत स्क्यान गरी प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा सूचना पाएर चुरोट नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा उक्त चुरोट कतार एयरवेजमार्फत यूएई, अमेरिका, अस्ट्रेलिया लैजाने योजना रहेको खुलेको छ।

भन्सार प्रमुख दिलीपकुमार गौतमका अनुसार २६ कार्टुनमा विदेशी ब्रान्डको चुरोट थियो भने ६ कार्टुनमा नेपाली ‘शिखर’ चुरोट पाइयो। यी चुरोटहरू ८५ कार्टुन निकासीजन्य सामानका बीचमा लुकाएर राखिएको थियो।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले सो प्रकरण गम्भीर भएको उल्लेख गर्दै दोषीलाई कारबाही हुने बताएका छन्। भन्सार र सुरक्षा घेरा पार गरेर ठूलो परिमाणमा चुरोट जहाजसम्म पुग्नु मिलेमतोबिना सम्भव नभएको भन्दै पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

पूर्वघटना जस्तै मिल्दोजुल्दो किसिमको प्रयास
सर्लाही भन्सारबाट केही समयअघि पनि स्विट्जरल्यान्ड ब्रान्डको १ करोड ४० लाख रुपैयाँ बराबरको चुरोट बरामद गरिएको थियो। यो श्रृंखलाबद्ध प्रयास हो भन्ने अनुमान गरिएको छ।

भन्सार स्क्यानिङ प्रणाली, सुरक्षा निकाय र निकासी प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ। गौतम भन्छन्, चुरोट पुनः मेसिनमा राखेर हेर्दा पनि पहिचान गर्न सकिने अवस्था थिएन।

यस घटनाले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक कमजोरी भएको स्पष्ट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।