KATHMANDU DAINIK

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार 

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार गर्ने तीन भाइ

असार १६, २०८२। काठमाडौं दैनिक, संवाददाता

पुने, भारत – पछिल्ला वर्षहरूमा भारतमा फोहोर व्यवस्थापन एक गम्भीर समस्या बन्दै आएको छ। तर पुणेका तीन जना दाजुभाइले अनौठो र प्रेरणादायक बाटो रोज्दै यसको समाधान डिजिटल माध्यमबाट गर्न थालेका छन्।

उनीहरूले कुनै बाह्य लगानी नलिई केवल बचत र प्रविधिको सहायताले १० लाख केजी भन्दा बढी फोहोर पुनःप्रयोग गरी २ करोड रुपैयाँको व्यवसाय खडा गरेका छन्।

जयेश पाखले नामका युवा जो सधैं वातावरणप्रति सजग थिए उनले कलेजको अन्तिम वर्षमा एउटा सानो विचारबाट काम थालनी गरे। उनले आफ्नो खल्ती खर्च प्रयोग गरेर छरछिमेकबाट फोहोर संकलन गर्न थाले। खास व्यवसायको सुरुवात नभए पनि उनको यो प्रयासले पछि ठूलो रूप लिन पुग्यो।

जयेश भन्छन् पहिले म साथीहरू र छिमेकीहरूसँग पुराना कागज र स्क्र्याप संकलन गर्थें। तौल गरेर पठाउँथें। त्यो समय पैसा कमाउने उद्देश्य थिएन समस्या समाधान गर्ने भावना थियो।
२०१९ मा उनले आफ्ना दाजुभाइ गणेश र वैभव पाखलेसँग मिलेर Scrapdeal नामक एक एप आधारित सेवा सुरु गरे जसले घरघरमा गई फोहोर संकलन गर्छ। यो काम परम्परागत कबाडी संस्कृतिलाई प्रविधिसँग जोडेर गरिएको थियो।

उनीहरूको उद्देश्य थियो प्रयोगकर्ताहरूले एक क्लिकमै आफ्नो घरको फोहोर जिम्मा दिन सकून् ढुक्कसँग तौल, मूल्य र पारदर्शिता प्राप्त होस्।

व्यवसायको विस्तार बिना ऋण, केवल भरोसा र श्रम
Scrapdeal को आज ४००० स्क्वायर फिटको गोदाम छ ३० जना स्थायी कर्मचारी छन् र ५०० भन्दा बढी आवासीय समाजहरू यस सेवामा जोडिएका छन्।

उनीहरूले कहिल्यै कुनै लगानीकर्ताबाट रकम लिएका छैनन्। सबै लगानी आफ्नै बचत र कमाइबाट गरिएको हो।
हामी सुरुदेखि आत्मनिर्भर हुन चाहन्थ्यौं। विस्तार ढिलो भए पनि टिकाउ भयो जयेश भन्छन्।

Scrapdeal एपबाट प्रयोगकर्ताले आफ्नो स्क्र्याप, इ-वेस्ट, कागज, प्लास्टिक, कपडा आदिको सूची छानेर pickup को मिति राख्न सक्छन्। तोकिएको मितिमा संकलक आइपुग्छन् सबै तौल पारदर्शितापूर्वक गर्छन् र सोही ठाउँमा रकम मोबाइलमार्फत दिन्छन्।

Scrapdeal ले सङ्कलन गरेको सबै वस्तु वैज्ञानिक विधिले पुनःप्रक्रिया हुन्छ । प्लास्टिक प्रकारअनुसार छुट्याएर पगालिन्छ र दाना बनाइन्छ, कागज पानी र रसायन मिसाएर पल्प बनाइन्छ र नयाँ कागज उत्पादन हुन्छ ।

यो व्यवसायले ३० जनालाई प्रत्यक्ष र २०० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ। साथै, Scrapdeal ले विद्यालय र समाजमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छ।
हालसम्म १ लाखभन्दा बढी ग्राहकसँग सेवा विस्तार भइसकेको छ। ग्राहक सन्तुष्टि दर ८०-९०% रहेको छ।

Scrapdeal को लक्ष्य भनेको भारतभर decentralized micro-warehouse हरू स्थापना गर्दै रिसायक्लिङलाई सहज र पारदर्शी बनाउनु हो।
भविष्यमा उनीहरू AI आधारित waste sorting, कार्बन ट्र्याकिंग सुविधा, र नगरपालिकासँग सहकार्य गर्ने योजना बनाइरहेका छन्।

भारत जस्तो विशाल देश जहाँ हरेक वर्ष ६२ मिलियन टनभन्दा बढी फोहोर उत्पादन हुन्छ त्यहाँ Scrapdeal जस्ता परियोजनाहरूले व्यावसायिक सफलता मात्र होइन सामाजिक र वातावरणीय सुधार पनि ल्याइरहेका छन्।

Exit mobile version