KATHMANDU DAINIK

“डाना कप २०२५ डेनमार्क” मा नेपालका तीन टोलीको सहभागिता

"डाना कप २०२५डेनमार्क" मा नेपालका तीन टोलीको सहभागिता

काठमाडौं, असार ३१ – डाना कप २०२५ (Dana Cup 2025) मा नेपालका तीन स्कुले टोलीले Aurium Academy को संयोजनमा सहभागी हुने भएका छन्। यो प्रतियोगिता डेनमार्कको ह्योरिंग शहरमा जुलाई अन्तिम साता आयोजना हुँदैछ, जसलाई विश्वकै प्रमुख अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ।

सहभागी नेपाली टोलीहरू:
१.रातो बंगला स्कुल (Red House School) – U12 Boys Team
२.रातो बंगला स्कुल – U14 Girls Team
३.संस्कृति इन्टरनेशनल स्कुल – U14 Boys Team रहेका छन् ।

Aurium Academy ले उक्त टोलीहरूको सम्पूर्ण व्यवस्थापन, तालिम र समन्वयको नेतृत्व लिएको हो। “Sports for Mental Health” र ग्रासरुट फुटबल विकासलाई केन्द्रमा राख्दै औरियमले डाना कप यात्रा सुरु गरेको हो।

युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउने र अनुभव दिलाउने उद्देश्यसहित यो सहभागिता ऐतिहासिक मानिएको छ।

ह्योरिंग, डेनमार्कमा हुन गइरहेको डाना कपमा ४५ भन्दा बढी रास्ट्रहरु बाट कुल टोली: १,१०० भन्दा बढी र ९० प्रतिशतभन्दा बढी टोली विदेशी हुने आयोजकको भनाइ रहेको छ ।

डाना कप २०२५ र इतिहास :

डाना कपको इतिहास १९८२ बाट सुरु भएको हो। यस प्रतियोगिता बालबालिका र किशोर-किशोरीहरूका लागि युरोपको एक प्रतिष्ठित खेल मेला हो, जहाँ विश्वभरका फुटबल टोलीहरू प्रतिस्पर्धा गर्छन्।

नेपालका यी बिद्यालय टोलीहरूलाई डाना कपमा सहभागिता मिल्नु एउटा महत्त्वपूर्ण अवसर हो। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुले नेपाली खेलाडीहरूको आत्मविश्वास, खेलदक्षता र समर्पणमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।

Aurium Academy को पहलमा नेपालका तीन स्कुल टोलीले डाना कप २०२५ मा प्रतिस्पर्धा गर्नु देशकै बाल र किशोर फुटबल विकासमा सकारात्मक संकेत हो। यसले Nepali grassroots football लाई विश्वसामु चिनाउने मात्र नभई भविष्यका प्रतिभावान खेलाडीहरू उत्पादन गर्ने थलो बन्ने सम्भावना बलियो देखिएको छ।

Exit mobile version