KATHMANDU DAINIK

डलरको उचाइ, युरो–अस्ट्रेलियन डलरको घट्दो मूल्य

काठमाडौं, साउन १० – नेपाल राष्ट्र बैंकले शनिबार, साउन १० गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने युरो र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आएको छ।

शुक्रबारको तुलनामा अमेरिकी डलरको खरिद दर १७ पैसाले बढेर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८ रुपैयाँ ७३ पैसा पुगेको छ। शुक्रबार खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा थियो।

युरोपियन युरोको खरिद दर १६१ रुपैयाँ ७९ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको दरभन्दा क्रमशः २९ पैसा र २९ पैसा कम हो। यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ६१ पैसा र बिक्री दर ९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ, जुन शुक्रवारको तुलनामा क्रमशः ६० पैसा घटेको हो।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस्तो छ:

ब्रिटिश पाउण्ड स्ट्रलिङ: खरिद दर – १८५.६६, बिक्री दर – १८६.४७
स्विस फ्र्याङ्क: खरिद दर – १७३.२१, बिक्री दर – १७३.९७
क्यानेडियन डलर: खरिद दर – १००.९९, बिक्री दर – १०१.४३
सिङ्गापुर डलर: खरिद दर – १०७.७६, बिक्री दर – १०८.२३
जापानी येन (१० को लागि): खरिद दर – ९.३४, बिक्री दर – ९.३८
चिनियाँ युआन: खरिद दर – १९.२७, बिक्री दर – १९.३५
साउदी रियाल: खरिद दर – ३६.८२, बिक्री दर – ३६.९८
कतारी रियाल: खरिद दर – ३७.७९, बिक्री दर – ३७.९६
थाई भाट: खरिद दर – ४.२६, बिक्री दर – ४.२८
युएई दिराम: खरिद दर – ३७.६१, बिक्री दर – ३७.७७
मलेसियन रिङ्गेट: खरिद दर – ३२.७२, बिक्री दर – ३२.८६
दक्षिण कोरियन वन (१०० को लागि): खरिद दर – ९.९९, बिक्री दर – १०.०४
स्विडिस क्रोनर: खरिद दर – १४.४८, बिक्री दर – १४.५४
डेनिस क्रोनर: खरिद दर – २१.६७, बिक्री दर – २१.७७
हङकङ डलर: खरिद दर – १७.६०, बिक्री दर – १७.६७
कुवेती दिनार: खरिद दर – ४५२.३८, बिक्री दर – ४५४.३५
बहराइन दिनार: खरिद दर – ३६६.४८, बिक्री दर – ३६८.०८
ओमनी रियाल: खरिद दर – ३५८.७७, बिक्री दर – ३६०.३३

नेपाल राष्ट्र बैंकले १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले लिने दर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिन्छ।

Exit mobile version