टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया प्रस्थान गरेका नेपाली क्रिकेट टोली

नेपाली क्रिकेट टोली, टप एण्ड टी२० सिरिज, अष्ट्रेलिया क्रिकेट, नेपाल बनाम पाकिस्तान शाहीन्स, नेपाल बनाम बंगलादेश ए, आईसीसी टी२० विश्वकप छनोट, क्यान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, नेपाली खेलकुद समाचार टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया जाने क्रिकेट टोलीको बिदाइ कार्यक्रम
नेपाली क्रिकेट टोली, टप एण्ड टी२० सिरिज, अष्ट्रेलिया क्रिकेट, नेपाल बनाम पाकिस्तान शाहीन्स, नेपाल बनाम बंगलादेश ए, आईसीसी टी२० विश्वकप छनोट, क्यान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, नेपाली खेलकुद समाचार
टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया जाने क्रिकेट टोलीको बिदाइ कार्यक्रम

साउन २५,२०८२।

काठमाडौं – अष्ट्रेलियामा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौंबाट प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विशेष कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गर्‍यो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत उपस्थित थिए।

यस पटकको टप एण्ड टी-२० सिरिजमा नेपालसहित ११ टिम सहभागी छन्। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ, जसअन्तर्गत पहिलो खेल १५ अगस्टमा स्थानीय नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध हुनेछ।

दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’सँग, तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्ससँग, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्ससँग, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्ससँग र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग हुनेछ।

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, शाहब आलम।

प्रतियोगितामा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाबाट शिकागो किङ्समेन, अष्ट्रेलियाका बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स र एसीटी कोमेट्स र एनटी स्ट्राइक सहभागी छन्। लिग चरणपछि शीर्ष ४ टिमले सेमिफाइनल खेल्नेछ र त्यसपछि फाइनल हुनेछ।

यो सिरिज नेपालका लागि आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको अवसरका रूपमा रहनेछ। साथै, नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई श्रृंखला पनि खेल्ने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।