टप इण्ड सिरिजका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

साउन १९, २०८२।

काठमाडौं – अष्ट्रेलियामा यही साता सुरु हुन लागेको टप इण्ड टि–२० सिरिजका लागि नेपालले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको टोलीको नेतृत्व नियमित कप्तान रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।

यसपटकको टोलीमा केही महत्वपूर्ण फेरबदल गरिएको छ। पछिल्लो पटक स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिज खेलेका किरण कुमार ठगुन्ना, बसिर अहमद र अनिल साह टोलीबाट बाहिर परेका छन्।

अर्कोतर्फ, अलराउण्डर कुशल मल्ल चोटपछिको पुनरागमन गर्दै टोलीमा फर्किएका छन्। यस्तै, चोटकै कारण अघिल्लो श्रृंखला गुमाएका बलर सोमपाल कामी र गुलशन झा पनि यसपटकको टोलीमा समेटिएका छन्।

सिरिजको प्रारम्भिक खेल तालिका यस्तो छ।

अगस्ट १४ – उद्घाटन खेल: पाकिस्तान ‘ए’ vs बंगलादेश ‘ए’
अगस्ट १५ (साउन ३०) – नेपाल vs नर्दन टेरिटोरी स्ट्राइक
अगस्ट १६ (साउन ३१) – नेपाल vs बंगलादेश ‘ए’
अगस्ट १८ (भदौ २) – नेपाल vs मेलवर्न स्टार एकेडेमी
अगस्ट १९ (भदौ ३) – नेपाल vs होर्बट हरिकेन्स एकेडेमी
अगस्ट २० (भदौ ४) – नेपाल vs मेलवर्न रेनेगेड्स एकेडेमी
अगस्ट २२ (भदौ ६) – नेपाल vs पाकिस्तान ‘ए’

नेपाली टोलीले समूह चरणमा ६ खेल खेल्नेछ। समूहको शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने सेमिफाइनल र फाइनल दुवै खेल अगस्ट २४ (भदौ ८) मा हुने तय भएको छ।

अष्ट्रेलियामा आयोजना हुने टप इण्ड टि–२० सिरिज नेपाली टोलीका लागि ठूलो अवसर हो। बलियो टोली छनोटसहित नेपाली टिमले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा नेपाली क्रिकेटप्रेमीहरू यो सिरिजतर्फ उच्च चासोका साथ हेर्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।