च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद राष्ट्रपति रामचन्द्र पौडेलको साथमा च्याम्पियन रविन्द्र ढाँट
राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद
राष्ट्रपति रामचन्द्र पौडेलको साथमा च्याम्पियन रविन्द्र ढाँट

साउन २२, २०८२।

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ एमएमए च्याम्पियनसिपमा विजेता बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सम्मान गरेका छन्।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरव दिलाएको भन्दै राष्ट्रपति पौडेलले उनको जीत सम्पूर्ण नेपालीको जित भएको बताए।

राष्ट्रपतिले भने, देश–विदेशमा प्रतिस्पर्धा र प्रशिक्षणका अवसरसहित आवश्यक सुविधा उपलब्ध गराएर खेलाडीलाई सम्मान गर्न सकियो भने मात्र उनीहरूले विश्वस्तरीय सफलता हासिल गर्न सक्छन्।

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स
च्याम्पियन रविन्द्र

उनले ढाँटको खेल कौशल, समर्पण र आत्मबलको खुलेर प्रशंसा गरे। राष्ट्रपति पौडेलले खेलकुदले शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकार र सरोकारवालालाई खेल क्षेत्रको दिगो विकासमा क्रियाशील हुन आग्रह गरे।

कार्यक्रममा राष्ट्रपति पौडेलले रविन्द्रको सफलतामा साथ दिने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा खेलाडीहरूको भविष्य खेल क्षेत्रमा नै सुरक्षित राख्न नीति तथा कार्यक्रमहरू ल्याउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

एमएमए च्याम्पियन ढाँटलाई सम्मान गर्दै राष्ट्रपति पौडेलले सरकारले खेलाडीको भविष्य सुरक्षित गर्ने दिशामा विशेष ध्यान दिन जरुरी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।