च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद राष्ट्रपति रामचन्द्र पौडेलको साथमा च्याम्पियन रविन्द्र ढाँट
राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद
राष्ट्रपति रामचन्द्र पौडेलको साथमा च्याम्पियन रविन्द्र ढाँट

साउन २२, २०८२।

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ एमएमए च्याम्पियनसिपमा विजेता बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सम्मान गरेका छन्।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरव दिलाएको भन्दै राष्ट्रपति पौडेलले उनको जीत सम्पूर्ण नेपालीको जित भएको बताए।

राष्ट्रपतिले भने, देश–विदेशमा प्रतिस्पर्धा र प्रशिक्षणका अवसरसहित आवश्यक सुविधा उपलब्ध गराएर खेलाडीलाई सम्मान गर्न सकियो भने मात्र उनीहरूले विश्वस्तरीय सफलता हासिल गर्न सक्छन्।

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स
च्याम्पियन रविन्द्र

उनले ढाँटको खेल कौशल, समर्पण र आत्मबलको खुलेर प्रशंसा गरे। राष्ट्रपति पौडेलले खेलकुदले शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकार र सरोकारवालालाई खेल क्षेत्रको दिगो विकासमा क्रियाशील हुन आग्रह गरे।

कार्यक्रममा राष्ट्रपति पौडेलले रविन्द्रको सफलतामा साथ दिने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा खेलाडीहरूको भविष्य खेल क्षेत्रमा नै सुरक्षित राख्न नीति तथा कार्यक्रमहरू ल्याउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

एमएमए च्याम्पियन ढाँटलाई सम्मान गर्दै राष्ट्रपति पौडेलले सरकारले खेलाडीको भविष्य सुरक्षित गर्ने दिशामा विशेष ध्यान दिन जरुरी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।