कुवेत,असार ३०- कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। राजदूतावासले Metro Medical Group को सहकार्यमा २०८२ साउन १६ गते (1 August 2025), शुक्रबारको दिन उक्त स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
स्वास्थ्य परीक्षण शिविर कुवेतको फाहाहिलस्थित Super Metro Specialized Medical Center मा बिहान ९:०० बजेबाट दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ। शिविर ‘Mangat Signal’ नजिकैको स्थानमा हुनेछ।
स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरू:
Fasting Blood Sugar Test
Cholesterol Test
Blood Pressure Test
General Physician Consultation (सामान्य स्वास्थ्य परामर्श)
शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले आफ्नो नाम र विवरण अनिवार्य रूपमा दूतावासमा दर्ता गराउनुपर्नेछ। यसका लागि सार्वजनिक गरिएको QR Code स्क्यान गरी जानकारी पठाउन सकिने छ।
राजदूतावासले स्पष्ट रूपमा भनेको छ कि नाम दर्ता नगरी आएका व्यक्तिहरूलाई सेवा नदिइने छ। नाम दर्ता गर्ने अन्तिम मिति २०८२ साउन ११ गते (27 July 2025) सम्म तोकिएको छ।
कुवेतमा रहेका नेपाली नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने यस किसिमका निःशुल्क शिविरहरू प्रवासी नेपालीहरूको स्वास्थ्य सचेतना र स्वास्थ्य सुविधा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण हुने भएकाले यसलाई स्वागतयोग्य पहलका रूपमा लिइएको छ।
सम्पर्क विवरण: Nepali Embassy, Jabriya, Block No. 8, Street No. 13, Building No. 514
फोन: 25321603/4/5
फ्याक्स: 25321601/628
इमेल: eonkuwait@mofa.gov.np
वेबसाइट: www.nepalembassy.gov.np