एमाले महाधिवेशनअघि ओली–पोखरेल खुला प्रतिस्पर्धामा

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

काठमाडौ – नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच खुला प्रतिस्पर्धा अनिवार्य जस्तै बनेको छ। शुक्रबार च्यासलमा आठ घण्टा चलेको सचिवालय बैठकपछि दुवै नेताले आफू–आफ्ना अडान कडा रूपमा प्रस्तुत गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भावना समाप्तप्रायः भएको देखिएको छ।

बैठकमा ओलीले फेरि पनि अध्यक्ष नछाड्ने अडान दोहोर्याउँदै पार्टीलाई जुझारु बनाउन “मिलिटेन्सी” आवश्यक रहेको टिप्पणी गरे। उनले प्रतिस्पर्धा रोकिँदैन भन्दै स्पष्ट संकेत दिदै  सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र?

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

उता पोखरेलले भने आन्तरिक प्रतिस्पर्धाले नै संगठन बलियो हुने तर्क प्रस्तुत गर्दै आफू अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरे। म अध्यक्षका निम्ति डिजर्भ गर्छु, परिणाम स्वीकार्छु, भन्दै उनले ओलीका कमजोरीहरू पनि बैठकमै औँल्याए।

अध्यक्ष ओलीलाई साथ दिनेगरी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतले धारणा राखे भने अर्कोतर्फ उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरू पोखरेलतर्फ उभिए।

बैठकका अन्य एजेण्डा, मधेश प्रदेश सरकारको संकट, राष्ट्रिय स्वयंसेवक फोर्स, वर्तमान राजनीतिक अवस्था उपाध्यक्ष तथा सचिवहरूले विस्तृत रूपमा उठाए। तर अन्ततः सबैको ध्यान आगामी महाधिवेशनको नेतृत्वमा केन्द्रित रह्यो।

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

पोखरेल पक्षले ८ मंसिरमै पोखरेलको उम्मेदवारी सार्वजनिक सभा गरी घोषणा गर्ने तयारी गरेको छ। ओली पक्षले भने स्वस्थ प्रतिस्पर्धा स्वीकार्य हुने तर पराजयपछि पार्टी नछोड्ने परिपाटी कायम रहनुपर्ने चेतावनी दिएको छ।

महाधिवेशन अघि एमालेभित्रको यो शक्ति–समीकरणले पार्टीभित्रको आन्तरिक विभाजन अझ स्पष्ट देखिएको छ। आगामी अध्यक्षका लागि ओली र पोखरेल बिचको प्रतिस्पर्धाले एमाले भित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो प्रभाव पार्ने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।