एनपीएल तयारीको अन्तिम चरण: सिट जडान सकियो, फ्लडलाइट जडान अझै जारी

एनपीएल २०२५, नेपाल प्रिमियर लिग, फ्लडलाइट क्रिकेट नेपाल, त्रिभुवन विश्वविद्यालय रंगशाला, क्रिकेट नेपाल, Kathmandu Gorkhas, Janakpur Bolts, CAN Nepal, Nepal Cricket News, NPL Floodlight Installation

कार्तिक २६, २०८२।  प्रयास लामा

एनपीएल २०२५, नेपाल प्रिमियर लिग, फ्लडलाइट क्रिकेट नेपाल, त्रिभुवन विश्वविद्यालय रंगशाला, क्रिकेट नेपाल, Kathmandu Gorkhas, Janakpur Bolts, CAN Nepal, Nepal Cricket News, NPL Floodlight Installation

काठमाडौं – मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण पूरा भइसकेको छ भने कुर्सी जडानसमेत सम्पन्न भएको छ । तर फ्लडलाइट जडानको काम भने अझै जारी छ ।

ललितपुरस्थित विशन–ईश्वरी जोइन्ट भेन्चर ले फ्लडलाइट जडानको जिम्मा पाएको हो । कम्पनीका प्रतिनिधि सौरभ शाहका अनुसार हालसम्म तीनवटा पोलमा लाइट जडान सकिएको छ भने बाँकी पोलहरूमा तीव्र गतिमा काम भइरहेको छ । हामीले बिहीबार वा शुक्रबारसम्म सबै पोलमा बत्ती जडान र परीक्षण सक्ने योजना बनाएका छौं, शाहले बताए ।

प्रत्येक पोलमा ७० वटा बत्ती जडान गर्नुपर्ने र कुल ४२० बत्ती जडानको योजना रहेको उनले जानकारी दिए । सबै पोलमा काम सकिएपछि एमिङ (फोकस मिलाउने) र केबल जडानका कामहरू हुनेछ । यसपटक जेनेरेटरमार्फत फ्लडलाइट बाल्ने तयारी गरिएको छ, किनभने विद्युत् प्राधिकरणको लाइनबाट सीधा आपूर्ति गर्न चुनौती देखिएको छ ।

एनपीएल २०२५, नेपाल प्रिमियर लिग, फ्लडलाइट क्रिकेट नेपाल, त्रिभुवन विश्वविद्यालय रंगशाला, क्रिकेट नेपाल, Kathmandu Gorkhas, Janakpur Bolts, CAN Nepal, Nepal Cricket News, NPL Floodlight Installation

क्यानले यसपटकका ३२ मध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरी तालिका सार्वजनिक गरिसकेको छ । यदि काम समयमै पूरा भयो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट खेल हुनेछ ।

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ, जुन साँझको समयमा खेलिनेछ । प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

बीकेओआई–केसीडीसी–बीजी जेभीले निर्माण गरेको प्यारापिटमा पाँच वर्षसम्म कुर्सी मर्मतको जिम्मेवारी सोही कम्पनीको हुनेछ । सम्झौताअनुसार काम वैशाखमा सकिनुपर्ने भए पनि ढिलाइ भएपछि सरकारले कम्पनीलाई दैनिक जरिवाना तोकेको थियो ।

आवश्यक सबै तयारी समयमै सम्पन्न भए नेपालमा पहिलोपटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट को ऐतिहासिक अध्याय सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।