KATHMANDU DAINIK

एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

भावना घिमिरे लुम्बिनी, लुम्बिनी लायन्स सीईओ, एनपीएल लुम्बिनी, भावना घिमिरे क्यान, महिला नेतृत्व क्रिकेट नेपाल, Nepali Cricket CEO, Kathmandu Dainik

“एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरेलाई नियुक्त गरिएको छ।

काठमाडौँ, श्रावन १ – नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले भावना घिमिरेलाई मुख्य कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा पनि सीईओका रूपमा जिम्मेवारी सम्हालेकी घिमिरे अब लायन्सको रणनीतिक योजना, दीर्घकालीन लक्ष्‍य, र संस्थागत विकासमा अग्रसर हुने अपेक्षा गरिएको छ।

क्यानबाट अलग भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का विभिन्न प्रतियोगितामा परामर्शदाताका रूपमा संलग्न रहँदै आएकी उनीसँगको अनुभवले लायन्सको व्यवस्थापन थप सुदृढ हुने विश्वास गरिएको छ।

लायन्सका अध्यक्ष ईश्वर जिसीले भने,भावनाजीको नेतृत्व क्षमता र समर्पणले टिमलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा छ।

राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी लायन्स अघिल्लो सिजन अंक तालिकाको पुछारमा परेको थियो। नयाँ व्यवस्थापनसँगै प्रदर्शन सुधारको आशा गरिएको छ।

Exit mobile version