KATHMANDU DAINIK

इङ्ग्ल्याण्ड दोस्रोपटक महिला युरो च्याम्पियन

काठमाडौं, साउन १२ – इङ्ग्ल्याण्डले महिला युरो २०२५ फुटबल प्रतियोगिताको उपाधि जित्दै युरोपेली फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इङ्ग्लिस महिला टोली च्याम्पियन बन्न सफल भएको हो।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको अतिरिक्त समयमा दुबै टोलीले एक-एक गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो। यस रोमाञ्चक टक्करमा इङ्ग्ल्यान्डका लागि नायिका बनिन् क्लोई केली, जसले निर्णायक पेनाल्टी प्रहार गरेर टिमलाई जित दिलाइन्।

इङ्ग्ल्याण्ड महिला युरो २०२५, इंग्ल्याण्ड बनाम स्पेन, क्लोई केली, महिला युरो च्याम्पियन, पेनाल्टी सुटआउट

२५औं मिनेट: स्पेनकी मरिओना काल्देन्तेले हेडरमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
५७औं मिनेट: इङ्ग्ल्यान्डकी अलेसिया रुसोले क्लोई केलीको क्रसमा हेड गर्दै बराबरी गोल फर्काइन्।
पेनाल्टी सुटआउट: स्पेनले लगातार तीन पेनाल्टी गोल गर्न चुकेको थियो। इङ्ग्ल्यान्डकी गोलकिपर मेरी एरप्सले दुई पेनाल्टी बचाइन्।

युरो २०२५ को नकआउट चरणका तीनै खेलमा इङ्ग्ल्यान्डले पहिले गोल खाँदै आएको थियो। तर हरेक पटक टोलीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ। यसपटक पनि त्यस्तै प्रदर्शन गर्दै उनले फेरि ‘कमब्याक क्विन’ को उपाधि प्रमाणित गरे।

क्लोई केलीले अन्तिम पेनाल्टी प्रहार गरेपछि भनिन्, यो क्षण अविश्वसनीय छ। हामीले टिमवर्क, धैर्यता र आत्मबलका साथ यो उपाधि जितेका हौं।

प्रशिक्षक सरिना विगम्यानले भने, यी खेलाडीहरू असाधारण छन्। उनीहरूको समर्पणले मलाई गर्व लाग्छ।

Exit mobile version