Headlines

वलि सरकार जनताको पक्षमा होइन भ्रष्टाचारको पक्षमा छ।

वलि सरकार जनताको पक्षमा होइन भ्रष्टाचारको पक्ष छ। नेता खतिवडा


काठमाडौं दैनिक, असार १२, २०८२

नेपालको वर्तमान राजनीतिक परिदृश्य फेरि एकपटक चर्किएको छ। सत्तारूढ गठबन्धनका मुख्य घटक दल एमाले र कांग्रेसलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाले तीव्र आलोचना गरेका छन्।
तिवडाले स्पष्ट रूपमा सरकारको औचित्य सकिएको घोषणा गर्दै वर्तमान सत्ताको अन्त्यको माग गरेका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खतिवडाले भने जसपाले समर्थन फिर्ता लिएपछि यो सरकार राष्ट्रिय सभामा बहुमत गुमाइसकेको छ। संविधान संशोधनको एजेण्डा पनि पूर्णत असफल भइसकेको छ। अब यस सरकारलाई टेकेको कुनै आधार बाँकी छैन।

उपाध्यक्ष खतिवडाले सरकारको जग नै अस्थिर र स्वार्थमा आधारित रहेको बताउँदै यसको दीर्घकालीन औचित्य नदेखिएको बताए। उनले कांग्रेस र एमालेले संयुक्त बहुमतको घमण्ड गर्दै जनताको हितभन्दा व्यक्तिगत र गुटगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए।

कांग्रेस–एमालेको यो गठबन्धन जनताप्रति जवाफदेही होइन, शक्ति र पद प्रतिको लोभबाट सञ्चालित छ खतिवडाले कडा टिप्पणी गरे।

उनका अनुसार अहिलेको सरकार भ्रष्टाचारको संरक्षण गर्ने साधन बनेको छ। भ्रष्टाचारमा मुछिएकाहरूको जोगाउन सरकार क्रियाशील छ जनताको पक्षमा होइन उनले प्रष्ट पारे।

राजनीतिक स्थायित्वको आधार मानिने बहुमत अहिले संकटमा परेको छ। जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको हैसियत कमजोर बनिसकेको खतिवडाको दाबी छ। संविधान संशोधन जस्तो मूल एजेण्डामा सरकार पूर्णत असफल भएको उनको आरोप छ।

खतिवडाले सरकार परिवर्तनको माग गर्दै भने समयक्रमले यो सरकारलाई परिवर्तन गर्न अनिवार्य देखाइसकेको छ। हामी दृढताका साथ नयाँ सरकार निर्माणमा लाग्नेछौं। यसमा हाम्रो दृष्टिकोण स्पष्ट छ यो सरकार अब बालकोट जानुपर्छ।

उनका अनुसार नेकपा (एकीकृत समाजवादी)ले अब सरकारको संरचनामा व्यापक पुनःसंरचना गर्नुपर्ने पक्षमा छ। पार्टीको धारणा यो सरकारको वैकल्पिक शक्ति निर्माणमा केन्द्रित छ।

नेता खतिवडाले वर्तमान सरकार गठन हुँदाको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमाथि पनि प्रश्न उठाएका छन्। उनले ओली नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसले जनताबीच अविश्वास फैलाएको बताए।

उनले थपे ओली सरकारको हरेक निर्णय जनताको पक्षमा नभई सत्ताको दुरुपयोगमा ब्यापारीको हितमा आधारित देखिएको छ। जनता निराश छन् शासकहरू मस्त निन्द्रमा छन्। यस्तो संरचनाको सरकार जनताको प्रतिनिधि हुन नसक्ने बताएका छन् ।

नेता खतिवडाको यो अभिव्यक्तिलाई नयाँ सत्ता समीकरण निर्माणको संकेतका रूपमा लिइएको छ।

जसपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको अवस्थामा नेकपा (एकीकृत समाजवादी)ले पनि साथ फिर्ता लिने हो भने गठबन्धन सरकार धराशायी हुन सक्छ।

नेपालको राजनीतिक इतिहासमा यस्तो शक्तिगत सत्ता फेरबदल कुनै नौलो होइन। तर खतिवडाको स्पष्ट वक्तव्यले सत्तामा समीकरणमा नयाँ लहर आउने निश्चित झल्काउँछ। यसले आगामी दिनहरूमा गठबन्धनको समीकरणमा ठूलो धक्का पुग्न सक्छ।

खतिवडाका अनुसार सत्ता साझेदारहरू कांग्रेस र एमाले दिनप्रतिदिन जनतामाझ अलोकप्रिय बन्दै गएका छन्। सरकारमा रहँदा उनीहरूले जनअपेक्षा अनुसार काम नगरेको भन्दै जनमत उनीहरूबाट असन्तुष्ट रहेको उनको टिप्पणी छ।

जनताको काम नगरी सत्ता लोभ गर्नेहरूलाई जनताले पनि अब प्रश्न गर्न थालेका छन् खतिवडाले भने।

नेता खतिवडाको धारणा मूलत राजनीतिक आदर्शको पक्षमा केन्द्रित छ। उनका अनुसार सरकारले सेवा गर्ने माध्यम हुनुपर्छ सत्ता टिकाउने साधन होइन। तर वर्तमान सरकार त्यसको विपरीत दिशामा उन्मुख भएकाले अब परिवर्तन अपरिहार्य भएको उनको निष्कर्ष छ।

नेकपा (एकीकृत समाजवादी)ले अब सरकारको विकल्प निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान गरिएको छ। पछिल्लो समयमा पार्टीको सक्रियता, टिप्पणी, आलोचना र राजनीतिक चहलपहलले त्यसतर्फ संकेत गरेको विश्लेषकहरुको भनाइ छ ।

खतिवडाले पनि पार्टी स्पष्ट एजेण्डासहित अगाडि बढ्ने तयारीमा रहेको बताएका छन्। नयाँ गठबन्धन निर्माणको सम्भावना र वैकल्पिक नेतृत्व निर्माणको प्रस्तावबारे आन्तरिक छलफलहरू अघि बढेको बुझिएको छ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाको अभिव्यक्ति केवल एक टिप्पणी मात्र होइन यो राजनीतिक सन्देश हो।

यो सरकारको औचित्य सकिएको, बहुमत गुमेको संविधान संशोधन असफल भएको भ्रष्टाचार मौलाएको र जनताको अपेक्षा पुरा नभएको यथार्थको संक्षिप्त समीक्षा हो।

राजनीतिक रूपान्तरणको संकेत दिन थालेको वर्तमान समय नेपालको लोकतान्त्रिक प्रणालीमा पुन एकपटक निर्णायक मोड आउन सक्ने सम्भावनालाई बल दिन थालेको छ।

अब प्रश्न उठ्छ के नेकपा (एकीकृत समाजवादी) यो नेतृत्व परिवर्तनको अगुवाइ गर्नेछ? के जनताले वैकल्पिक शक्तिमा आशा देख्नेछन्?

अगामी दिनहरूमा यसको उत्तर नेपाली जनताले नै दिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *