नेपाल ट्रष्टको लिज टेन्डरमा ‘किर्ते कागजात’ प्रकरण, अख्तियारले अनुसन्धानमै छाड्यो

नेपाल ट्रष्ट, किर्ते कागजात, थमसेर्कु डेभलपर्स, अख्तियार, लिज टेन्डर, भ्रष्टाचार, दरबारमार्ग, भीमप्रसाद उपाध्याय, अर्जुनबहादुर कार्की, कागजात फर्जी, tender corruption, Nepal Trust

मंसिर ९, २०८२।  काठमाडौं दैनिक संवाददाता

नेपाल ट्रष्ट, किर्ते कागजात, थमसेर्कु डेभलपर्स, अख्तियार, लिज टेन्डर, भ्रष्टाचार, दरबारमार्ग, भीमप्रसाद उपाध्याय, अर्जुनबहादुर कार्की, कागजात फर्जी, tender corruption, Nepal Trust

काठमाडौ – दरबारमार्गस्थित नेपाल ट्रष्टको झन्डै दुई रोपनी जग्गा लिज प्रकरणमा किर्ते कागजात स्पष्ट रूपमा भेटिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि संलग्न व्यक्तिमाथि अनुसन्धान नगरी फाइल नै टुंग्याएको तथ्य बाहिर आएको छ।

प्रतिस्पर्धामा सहभागी थमसेर्कु डेभलपर्सले पेस गरेको कागजातमध्ये एक अर्ब ४० करोड रुपैयाँ तिर्ने प्रस्तावसहितको एउटा पाना सुरुमा नभएर पछि ‘मिलेमतोमा’ घुसाइएकाे आशंका उच्च स्रोतले जनाएको छ। पानामा सचिवको अनिवार्य हस्ताक्षर र ट्रष्टको छाप समेत नरहेको भेटिएको छ।

थमसेर्कुले सुरुमा ३० वर्षे अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ तिर्ने प्रस्ताव गरेको थियो। तर प्रतिस्पर्धीहरूको प्रस्ताव निकै कम देखेपछि आफूले १ अर्ब ४० करोड मात्र तिर्न सक्ने भन्दै अर्को कागजात पेश गरेको दावी गरिएको छ।

तर ती कागजात सुरुमा नभएको, पछि मात्रै घुसाइएको, छापा–हस्ताक्षर नमिलेको, र समयानुसार मेल नखाने प्रमाण फाइलमै रहेको स्रोतले पुष्टि गरेको छ।

नेपाल ट्रष्ट, किर्ते कागजात, थमसेर्कु डेभलपर्स, अख्तियार, लिज टेन्डर, भ्रष्टाचार, दरबारमार्ग, भीमप्रसाद उपाध्याय, अर्जुनबहादुर कार्की, कागजात फर्जी, tender corruption, Nepal Trust

त्यसबेला नेपाल ट्रष्टका कार्यकारी सचिव रहेर लिज प्रक्रिया सुरु गराएका भीमप्रसाद उपाध्याय भन्छन्, आर्थिक प्रस्ताव मूल्यांकन नहुँदै मेरो सरुवा भयो। त्यसपछि अरू प्रक्रियाहरू अघि बढेको हुनुपर्छ। उनी सरुवा भएपछि अर्जुनबहादुर कार्की नयाँ सचिव बनेका थिए।

वरिष्ठ अधिवक्ता पदमराज काफ्लेका अनुसार, हस्ताक्षर, छाप, ल्याप्चे, निशाना जडान गरेर सक्कलजस्तै देखिने तर झुटा कागजात बनाइएमा त्यो किर्ते मानिन्छ। सार्वजनिक पदधारीले अधिकार दुरुपयोग गरी यस्तो गर्नु भ्रष्टाचार हो।

यस प्रकरणमा हस्ताक्षर नहुने, छाप नहुने, कागजातको क्रम नमिल्ने, प्रस्ताव रकममा अस्वाभाविक अन्तर हुनेजस्ता सबै तत्व भेटिएका छन्।

नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रक्रियामा कागजात किर्ते भएको प्रमाण फाइलमै भेटिँदा पनि अख्तियारले संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको यो घटनाले टेन्डर प्रक्रियामा गम्भीर कमजोरी, अधिकार दुरुपयोग र मिलेमतोको सम्भावना र अख्तियारको स्वतन्त्रता तथा प्रभावकारितामै प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।