गैरकानुनी थुनामा ५ वर्ष बढी बसेकी पदममायालाई ८ वर्षपछि क्षतिपूर्ति

पदममाया गुरुङ, गैरकानुनी थुना, क्षतिपूर्ति, धनकुटा, सर्वोच्च अदालत, जन्मकैद फैसला, ५ वर्ष बढी थुना, न्यायिक अन्याय, नेपाल न्याय प्रणाली, कारागार प्रशासन त्रुटि, कानुनी संघर्ष, क्षतिपूर्ति आदेश, मानवअधिकार, न्याय नजिर

मंसिर ८, २०८२।   काठमाडौं दैनिक संवाददाता

पदममाया गुरुङ, गैरकानुनी थुना, क्षतिपूर्ति, धनकुटा, सर्वोच्च अदालत, जन्मकैद फैसला, ५ वर्ष बढी थुना, न्यायिक अन्याय, नेपाल न्याय प्रणाली, कारागार प्रशासन त्रुटि, कानुनी संघर्ष, क्षतिपूर्ति आदेश, मानवअधिकार, न्याय नजिर

धनकुटा – अदालतको आदेश कारागारमा नपुगेका कारण पाँच वर्षभन्दा बढी अतिरिक्त थुनामा बस्न बाध्य धनकुटा चौविसे गाउँपालिका–१ की पदममाया गुरुङले आठ वर्षको कानुनी संघर्षपछि सरकारबाट ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेकी छन्।

२०४८ सालमा जबरजस्ती करणीबाट जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जिल्ला अदालत धनकुटाले पदममायालाई जन्मकैदको फैसला सुनाएको थियो। पुनरावेदन अदालतले पनि फैसला सदर गरेपछि मुद्दा सर्वोच्चमा पुगेको थियो। सर्वोच्च अदालतले २०५१ जेठ ५ गते कैद अवधि घटाई पाँच वर्ष मात्र हुने आदेश दिएको थियो।

तर अदालतको आदेश कारागारमा नपुगेका कारण पदममाया ५ वर्ष ६ महिना ९ दिन बढी जेलमै बस्नुपरेको थियो। २०४८ पुषदेखि थुनामा रहेकी उनलाई २०५९ असार १० गते मात्र कैदमुक्त गरिएको थियो।

सर्वोच्चको परामादेशपछि कानुनी सहयोगमा २०७१ सालमा दायर रिट मार्फत क्षतिपूर्ति मागिएको थियो। दीर्घ प्रक्रिया र आठ वर्षको प्रतीक्षापछि सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटामा पदममायालाई बैंक खातामा पठाइएको ६ लाख ३ हजार रुपैयाँको भौचर हस्तान्तरण गरिएको हो।

क्षतिपूर्ति दिलाउन कानुन व्यवसायी, स्थानीय जनप्रतिनिधि र मानवअधिकारकर्मीहरूले भूमिका खेलेका थिए। प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले यो निर्णयले नेपालमा कानुनी राज्य र न्यायप्रणालीप्रति नागरिकको विश्वास बढाउने महत्वपूर्ण नजिर बनेको बताए।

पदममायाले क्षतिपूर्ति पाएपछि आफू न्याय पाएको अनुभूति भएको प्रतिक्रिया दिएकी छन्। उनले आफूले पढालेखा नुहँदा सोधीखोजी गर्न नसक्दा अन्याय सहनु परेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।