सिमरामा जेनजी युवामाथि कुटपिट गर्ने एमालेका दुई वडाध्यक्ष पक्राउ

Bara Simara clash, ,Genji Youth Protest,, UML ward chairman arrested, ,Simara tension,, Nepal politics, ,youth movement Nepal,, police action Simara, ,Genji vs UML incident,, Madhesh protest

मंसिर ४, २०८२।    काठमाडौं दैनिक संवाददाता

Bara Simara clash, ,Genji Youth Protest,, UML ward chairman arrested, ,Simara tension,, Nepal politics, ,youth movement Nepal,, police action Simara, ,Genji vs UML incident,, Madhesh protest

काठमाडौ – बाराको सिमरा बाराको सिमरा चोकमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना एमाले वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगर–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडानम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। उनिहरु दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

बुधबार बिहान सिमरा चोकमा उत्पन्न तनावका बीच जेनजी युवामाथि हातपात भएको आरोपपछि जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

उपाध्यायले दिएको जाहेरीअनुसार बाँकी चार जना फरार रहेकाले जेनजी युवाहरू आज बिहीबार बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका कारण सिमरा चोक क्षेत्रमा यातायात अवरुद्ध बनेको छ।

एमालेले बुधबार बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय युवा भेलालाई लक्षित गर्दै जेनजी समूहले मंगलबार रातिदेखि शान्तिपूर्ण विरोधको आह्वान गरेको थियो। सोही आव्हानपछि बुधबार बिहान सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच विवाद पैदा भएको थियो।

विवादपछि आक्रोशित समूहले सिमरा विमानस्थलतर्फ धकेलिँदा स्थिति थप तनावपूर्ण बनेको थियो। जेनजी युवाहरूले विमानस्थलको मुख्य गेट ढालेर ढुंगा तथा सिसाका बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो।

हाल घटनास्थल आसपास प्रहरीको थप बल परिचालन गरिएको छ र स्थिति नियन्त्रण निर्देशनमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।