दुई तिहाइले विश्वास गुमेपछि मधेशका सभामुख मण्डल पदमुक्त

madhesh pradesh

मंसिर ३, २०८२।   काठमाडौं दैनिक संवाददाता

madhesh pradesh

जनकपुरधाम – मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा पदअनुसार आचरण नगरेको आरोपसहित दर्ता भएको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी स्वचालित रूपमा पदमुक्त भएका हुन्।

प्रदेशसभामा कुल १०४ सदस्य छन्। पदमुक्त बनाउन आवश्यक दुई तिहाइ ७२ मत पर्छ भने, सभामुखको विपक्षमा ७६ सदस्यले मतदान गरे। मण्डल बैठकमा अनुपस्थित रहेका कारण उनको पक्षमा एक मत पनि परेन।

गत कात्तिक २७ मा सात दलका ६४ सांसदले सभामुखविरुद्ध आचरणविपरीत कार्य गरेको भन्दै प्रस्ताव दर्ता गरेका थिए। विपक्षी गठबन्धनमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद थिए।

एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद भने बैठकमै उपस्थित भएनन्।

यसअघि पनि मण्डलले पहिलो कार्यकालमै सभामुख पद गुमाएका थिए। माओवादीबाट विजयी भए पनि वाम एकता भत्किएपछि उनी एमाले पुगेका थिए, जसका कारण साढे तीन वर्षमै पदबाट हटाइएका थिए।

यही कारण दोस्रो कार्यकालमा पनि उनले आफ्नो आचरण, निष्पक्षता र सदन सञ्चालन शैलीबारे असन्तोष बढ्दै गएको प्रदेशसभाका सदस्यहरूको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।