सिमरा विमानस्थलमा झडप: आठ उडान रद्द, सयौं यात्रु अलपत्र

सिमरा विमानस्थल, Simara Airport Clash, बुद्ध एयर उडान रद्द, Kathmandu Simara Flight Cancel, राजनीतिक झडप सिमरा, यात्रु अलपत्र, Nepal Domestic Flights, एयर ट्राफिक, विमानस्थल बन्द, नेपाल उड्डयन समाचार

मंसिर ३, २०८२।  काठमाडौँ दैनिक संवाददाता

सिमरा विमानस्थल, Simara Airport Clash, बुद्ध एयर उडान रद्द, Kathmandu Simara Flight Cancel, राजनीतिक झडप सिमरा, यात्रु अलपत्र, Nepal Domestic Flights, एयर ट्राफिक, विमानस्थल बन्द, नेपाल उड्डयन समाचार

काठमाडौ – सिमरा विमानस्थलमा बुधबार राजनीतिक समूहबीच झडप भएपछि काठमाडौं–सिमरा हवाई उडान ठप्प भएको छ। बुद्ध एयरले दुईतर्फी आठ उडान रद्द गर्नुपरेको छ भने सयौँ यात्रु काठमाडौंबाटै रोकिन बाध्य भए।

बिहान साढे १० बजे उडानका लागि तयार अवस्थामा रहेको एटीआर–७२ विमानका ६६ यात्रु सिटमा बसेर सिटबेल्ट बाँधिसकेका थिए। तर कैयौँ आन्दोलनकारी विमानस्थल परिसरभित्र प्रवेश गरी सुरक्षामा असर पुगेपछि एयर ट्राफिक कन्ट्रोलले ‘उडान रोक्नु’ आदेश दिएको थियो।

ककपिटभित्रै उडान रद्दको सूचना प्राप्त भएपछि चालकदलले दुवै इन्जिन बन्द गरी यात्रुलाई टर्मिनल हलतर्फ सारिएको थियो। धेरै यात्रुलाई उडान रोकिनुको यथार्थ कारण सुरुमा थाहा थिएन।

उता विमानस्थल प्रवेशद्वार नजिकै युवा संघ र जेन–जीबीच भएको वादविवाद बोतल हानाहान र कुटपिटमा परिणत भएपछि नागरिक उड्डयन कार्यालयले कानुनी अधिकार प्रयोग गर्दै विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश समेत जारी गरे।

सिमरा विमानस्थल, Simara Airport Clash, बुद्ध एयर उडान रद्द, Kathmandu Simara Flight Cancel, राजनीतिक झडप सिमरा, यात्रु अलपत्र, Nepal Domestic Flights, एयर ट्राफिक, विमानस्थल बन्द, नेपाल उड्डयन समाचार
प्रमुख जिल्ला अधिकारीले जारी गरिएको कर्फ्यु आदेश

बुद्ध एयरका निर्देशक रूपेश जोशीका अनुसार बुधबारका उडान रद्द हुँदा करिब ४० लाख रुपैयाँ बराबरको कारोबार गुमेको छ। अलपत्र यात्रुको व्यवस्थापनका लागि बिहीबार दुईवटा अतिरिक्त उडान थपिएको छ, उनले भने।

विमानस्थलमा सामान्यतया सईको नेतृत्वमा १५ प्रहरी परिचालन हुने गरे पनि घटनापछि थप १२ प्रहरी खटाइएका थिए। बेलुकीसम्म अवस्था सामान्य भएपछि बिहीबारदेखि नियमित उडान सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।