सुदन गुरुङको कडा प्रश्न : लोप्पा स्वीकार्ने गृहमन्त्रीले पदमा बसिरहन मिल्छ?

sudangurung

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

sudangurung

काठमाडौ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आरोपहरूको वर्षा गरेका छन्। उनले शक्तिशाली व्यक्तिहरू खुलेआम कानून मिचेर हिंड्दा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा गुरुङले भनेका छन्, दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमार गर्ने चेतावनी दिनेहरू खुलेआम हिँडिरहेका छन्। तर गृहमन्त्रीसँग त्यस्ता व्यक्तिलाई समातेर छानबिन गर्ने आँट देखिँदैन।

उनका अनुसार, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि नै गोली ताक्नेहरूलाई कारबाही हुनुपर्ने बेला सरकार उल्टै हेपाहा प्रवृत्तिमा उत्रिएको छ। गुरुङले थप प्रश्न गरेका छन्, संविधानविद् भनेर चिनिने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन ठुलालाई चैन’ लेखिएको छ ?

गुरुङले पछिल्लो समय शक्तिशाली व्यक्तिहरू लोप्पा खुवाउँदै हिँडेको, राज्य संयन्त्र आफूखुशी चलाएको र ‘विधिको शासन’ लागू नभएको आरोप पनि लगाएका छन्। त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न गृहमन्त्रीज्यू कत्तिको सुहाउँछ ? भन्दै गुरुङले प्रश्न गरेका छन् ।

उनी भन्छन्, मृतक र घाइतेको न्याय सुनिश्चित नगरी आगामी निर्वाचन सम्भव नहुने कुरा सरकारले बुझ्नुपर्छ। गुरुङको भनाइ अनुसार, न्याय बिना जनतामा आक्रोश थपिँदै गएको छ र मन्त्रालयले देखाएको कमजोरीले सरकारप्रति अविश्वास बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।