फ्लडलाइट पहिलो खेलमा काठमाण्डु गोर्खाजको जीत डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

काठमाण्डु गोर्खाज, जनकपुर बोल्ट्स, NPL Season 2, फ्लडलाइट खेल, नेपाल प्रिमियर लिग, Kathmandu Gorkhas win, Ben Charlesworth, Akash Tripathi, मिलिन्द कुमार, क्रिकेट समाचार, नेपाल क्रिकेट, sports news Nepal, काठमाडौँ जीत, , , ,

मंसिर १, २०८२।   काठमाडौं दैनिक संवाददाता

काठमाण्डु गोर्खाज, जनकपुर बोल्ट्स, NPL Season 2, फ्लडलाइट खेल, नेपाल प्रिमियर लिग, Kathmandu Gorkhas win, Ben Charlesworth, Akash Tripathi, मिलिन्द कुमार, क्रिकेट समाचार, नेपाल क्रिकेट, sports news Nepal, काठमाडौँ जीत, , , ,

काठमाडौँ – पहिलो पटक त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा फ्लडलाइट अन्तर्गत खेलाइएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रभावशाली सुरुवात गरेको छ।

जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाण्डुले २ ओभर बाँकी छँदै सहज रूपमा पूरा गर्‍यो ।

इंग्लिस खेलाडी चार्ल्सवर्थले २३ बलमा ४६ रन बनाउँदै आकाशसँग पहिलो विकेटमा ८ ओभरमा ७० रन जोडी काठमान्डुलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । चार्ल्सवर्थले ५ चौका र ३ छक्का प्रहार गरे । गत सिजन जनकपुरले उपाधि जित्दाका सदस्य आकाशले ४५ बल खेली ५ चौकासहित ३९ रन बनाए ।

चार्ल्सवर्थलाई यान निकोल लफ्टी इटनले आफ्नै बलिङमा सानदार क्याच गरे । भीम सार्की ७ बल खेली ३ रनमै आउट भए पनि आकाशले संयमित खेल्दै काठमान्डुको इनिङ्स अगाडि बढाएका थिए । आकाशलाई सञ्जय कृष्णमुर्थीले बोल्ड गरे ।

यसअघि आसिफ शेखले अर्धशतक बनाए पनि काठमान्डुले जनकपुरलाई १ सय ३० रनको स्कोरमा रोकेको थियो । काठमान्डुले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रन मात्र बनाउन सकेको थियो ।

लाहिरुले १२ बलमा ७ रन बनाए भने अनिलले खाता खोल्न सकेनन् । मिलिन्दले आफ्नो अर्को ओभरमा लफ्टी इटनलाई २ रनमा बोल्ड गरी जनकपुरलाई उच्च दबाबमा राखेका थिए । अमेरिकी ब्याट कृष्णमुर्थीलाई सन्तोष यादवले २ रनमा बोल्ड गरेपछि पहिलो १० ओभरको खेलमा काठमान्डु हावी भएको थियो ।

पहिलो २ ओभरमा विना क्षति २६ रन बनाएको जनकपुर १० ओभरमा ५६–४ को स्थितिमा पुगेको थियो । अमेरिकी अलराउन्डर मिलिन्दले पाँचौँ ओभरमा लाहिरु मिलान्थालाई विकेटको पछाडि क्याच र कप्तान अनिल साहलाई आउट गराई काठमान्डुलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।

अन्तिम बलको सामना गरेका रुपेश सिंहले चौका प्रहार गरे । मायन यादव ३४ रनमा अविजित रहे । उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । काठमान्डुका मिलिन्दले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिएका हुन् । १४ ओभरमा ७९ रन रहेको जनकपुरले अन्तिम ६ ओभरमा ५१ रन जोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।